माझफाल स्वास्थ्य चाैकी( प्रसुति केन्द्र सहित) ईन्चार्ज विकास कुमार शाहाले आफू जिल्लामा नभएपनि दैनिक हाजिर रेकर्ड फाइलमा भने असार ३१ सम्मै हाजिरी जनाएकाे पाइएकाे छ ।
जिल्ला समन्वय प्रमुख श्याम बहादुर राेकायाकाे अगुवाईमा माझफाल स्वास्थ्य चाैकी अनुगमनमा पुगेकाे टाेलीले उक्त कुरा पत्ता लगाएकाे हाे ।
स्वास्थ्य चाैकीमा स्वास्थ्यकर्मीकाे नियमितता, अौषधीकाे माैज्दातकाे अवस्था स्वास्थ्यकर्मीले निभाउनु पर्ने कार्यशैली स्वास्थ्यकर्मीले भाेग्नु परेका समस्या विभिन्न समयमा स्वास्थ्य संस्था बन्द हुनेकाे गरेकाे कारण भाैतिक संरचनाकाे अवस्था लगायतका विविध ब्यवस्थापकीय पक्षकाे जानकारी अनुगमन टाेलीले लिएकाे थियाे ।
प्रसुति सेन्टर सहितकाे स्वास्थ्य चाैकी प्रति पछिल्लाे समय जनमानसमा विश्वास गुम्दै जानुमा प्रमुख कारण स्वास्थ्य चाैकी इन्चार्ज शाहाकाे ग्रैह्र जिम्मेवार कार्यशैलि र चरम लापरबाही भएकाे अनुगमनकाे क्रममा पाइएकाे छ ।
समन्वय प्रमुख राेकायाले स्थलगतबाटै लिए ईन्चार्ज शाहसंग स्पष्टीकरण
जिल्लामै नभएकाे अवस्थामा असार ३१ सम्मै हाजिरी रेकर्ड फाइलमा हाजिरी जनाएका स्वास्थ्य चाैकी इन्चार्ज विकासकुमार शाहसंग जिल्ला समन्वय प्रमुख श्याम बहादुर राेकायाले स्थलगतरुपमै स्पष्टीकरण लिनु भएकाे छ ।
एउटा सरकारी कार्यालय त्यसैमा पनि स्वास्थ्य जस्ताे संवेदनसिल संस्थामा कार्यरत कर्मचारीले आफू नभएकाे समयमा पनि हाजिरी जनाउनु संस्था र जिम्मेवारी प्रतिकाे चरम लापरवाही याे भन्दा अरु के हुन सक्छ ? समन्वय प्रमुख राेकायाले आश्चर्य ब्यक्त गर्नु भयाे ।
यसाे त इन्चार्ज शाह अहिले मात्र नभई विगतका समयमा पनि कार्यरत माझफाल स्वास्थ्य चाैकीमा नियमित बस्ने नगरेकाे स्वास्थ्य संस्थालाई चलायमान बनाउन ब्यवस्थापन समितिकाे बैठक बसाल्ने नगरेकाे गर्भवती महिलाकाे लागि आउने गरेकाे रकम पार्दशिता हुने नगरेकाे लगायतका विविध पक्षमा स्थानीयले अनुगमन टाेली समक्ष गुनासाे राखेका थिए ।
यहाँ सम्म कि विभिन्न वार्ड(कक्ष)हरुकाे ढाेकामा टांसिने नाम प्लेट सम्म पनि नलेखे कागज टांस गरिएकाेमा त्यही कागजकाे नामप्लेट पनि च्यात्तिएर झुत्रा झुत्रा अवस्थामा थिए यसले पनि कस्ताे प्रशासन छ भन्ने कुराकाे पुष्टि गर्छ नै उसकाे इच्छाशक्ति र कार्यशक्तिकाे पनि मुल्यांकन गर्छ ।
जिल्ला समन्वय प्रमुख राेकायाले ग्रैह्रजिम्मेवार कार्यशैलि प्रस्तुत गर्ने जाेकाेही कार्वाहीकाे भागिदार हुनु पर्ने बताउदै इन्चार्ज शाहलाई पनि सम्बन्धित तालुकदार कार्यालयले आवश्क कार्वाही गर्नु पर्ने बताउनु भयाे ।
स्थानीय हातिराम राेकाया लगायतले स्वास्थ्य संस्थामा विरामी भएर आउदा सिटामाेल सम्म नपाएर फिर्ता हुनु परेकाे बताउदै नगरपालिकाले पनि स्वास्थ्य चाैकीलाई खासै सहयाेग नगरेकाे बताउनु भयाे ।
यता ठुलिभेरीनगरपालिकाका नगरप्रमुख श्ववर्ण कुमार बुढालाई स्वास्थ्य चाैकी प्रति तपाईंहरुकाे ध्यान नपुगेकाे हाे भन्ने जिज्ञासा राख्दा उहाँले स्वास्थ्य र शिक्षा नगरकाे पहिलाे प्राथमिकतामा राखेर काम गरिरहेकाे बताउदै माझफाल स्वास्थ्य चाैकीमा आैषधी छैन इन्चार्ज बस्दैनन् भनेर कहिलै पनि गुनासाे नआएकाे बताउनु भयाे ।
उहाँले भन्नू भयाे गुनासाे आएकाे बढीमा आधा घण्टामा तेति नभए एक दिनमा समस्याकाे पहिचान र प्रकृतिको आधारमा सम्बाेधन गरिने छ ।
स्वास्थ्य शाखा प्रमुखलाई कहाँ कुन स्वास्थ्य संस्थामा आैषधीकाे अवस्था जनशक्तिको ब्यवस्थापन के कस्ताे छ समयमै जानकारी गराउन र समस्या समाधान गर्न तर्फ लाग्न निर्देशन दिईएकाे समेत नगरप्रमुख बुढाले बताउनु भयाे ।
ताेकिएकाे जिम्मेवारी इमानदारीताका साथ कर्तब्य निष्ठ भएर कार्यसम्पादन नगर्ने स्वास्थ्य चाैकीमा कार्यरत कर्मचारी हुन या नगरशाखाका सबैलाई जिम्मेवारी खाेसेर हेरफेर गरिने समेत प्रमुख बुढाले प्रतिबद्धता ब्यक्त गर्नु भयाे ।
महिला सशक्तीकरण केन्द्रको सहजीकरणमा वन हार्ट वर्ल्ड वाइडले माझफाल प्रसुति सेन्टरमा विभिन्न उपकरण सहित समयसमयमा आैषधी समेत सहयाेग गर्दै आएकाे महिला सशक्तीकरण केन्द्रका रणबहादुर कार्कीले जानकारी दिनु भयाे ।
स्वास्थ्य संस्था जस्ताे अति संवेदनसिल क्षेत्रमा नजिककाे सिंहदरवार मानिएकाे नगरपालिका र त्यहाका निर्वाचित जनप्रतिनिधिकाे सकरात्मक साेचकाे विकास र चासाे सहित समस्या समाधान तर्फ सकरात्मक पहलकदमीकाे खांचाे छ यश तर्फ समयमै ध्यान पुगाेस ।