बीमामा सर्वसाधारणको पहुँच बढाउने उद्देश्यले डोल्पाको सदरमुकाम दुनै बजारमा बीमा सम्बन्धि जनचेतनामूलक छलफल कार्यक्रम सम्पन्न भएकाे छ ।
नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा जनचेतनामूलक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रमका सहभागीहरुलाई बीमाका प्रकार,महत्व र फाईदा लगाएतका विषयमा जानकारी गराईएको थियो ।
कर्णाली प्रदेशमा १ लाख ९३ हजारले जीवन बीमा गरेको र २ लाख नागरिक बीमाको दायरामा रहेको नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख पदम सोडारीले जानकारी दिए ।
कर्णाली प्रदेशका दश जिल्लामा १ सय ५ वटा शाखा र उपशाखा रहेको प्रमुख सोडारीकाे भनाई थियाे ।कर्णाली प्रदेशमा २.८ प्रतिशतले जीबन बीमा र १ प्रतिशतले कृृषि बीमा गरेको कार्यक्रममा जानकारी गराइएकाे थियाे ।
बीमा बचत संगै सुरक्षाको हिसाबले समेत फाईदा हुने भएकाले स्थानीय सरकारले विशेष कार्यक्रम ल्याउनु पर्नेमा जाेड दिइएकाे थियाे ।
जीबन बीमा, स्वास्थ्य बीमा, कृषि बीमा, सवारी साधान बीमा, घर जग्गा लगाएतका बीमा गर्दा नागरिकलाई क्षती हुदा प्रत्यक्ष फाईदा हुने भएकाले स्थानीय सरकारले सहजीकरण गरिदिनु पर्नेमा डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले जाेड दिए ।प्राधिकरण मार्फत विभिन्न बीमा कम्पनीहरुका आफ्ना अभिकर्ताहरु गाउँगाउँ परिचालन गर्न पनि प्रजिअ दाहालले आग्रह गरे।
जीवन बीमा होस्, स्वास्थ्य बीमा होस् कृषि बीमा होस् चलअचल सम्पती बीमा होस् या जुनसुकै प्रकारकार बीमा होस् मानव जीवनमा बचत संगै सुरक्षाका दृष्ट्किोणले अति आवश्यक पर्ने भएको हुदा स्थानीय सरकारले पनि विभिन्न प्रकारका सचेतनामुलक कार्यक्रम आवश्यक रहेको र आफ्नाे पालिकाले पनि यश कार्यमा सहयाेग पुर्याउने काईके गाउँपालिका डोल्पाका अध्यक्ष अंगद कुमार रानाले बताए ।
अन्तरक्रिया कार्यक्रममा काईके गाउँपालिका, छार्काताङसोङ, डोल्पोबुद्ध, शे फोक्सुण्डो, ठुलीभेरी नगरपालिका लगाएतका स्थानीय तहका जनप्रतिनिध, जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियाे ।