सुर्खेत ,पुस १० गते। कर्णाली प्रदेश राजधानी सुर्खेतमा यहीँ पुस ९ गते साेमवार डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल (डिन) कर्णाली प्रदेश प्रथम अधिवेशन सम्पन्न भएकाे छ । कर्णाली प्रदेशको प्रथम सम्मेलनमा डाेल्पा जिल्लाबाट प्रतिनिधित्व गर्दै (डिन) कर्णाली प्रदेशकाे बरिस्ठ उपाध्यक्षमा धन बहादुर के.सी निर्वाचित भएकाे हुन । के.सी डाेल्पा जिल्ला अध्यक्ष पनि हुन भने उनी हाल खानेपानी,सिंचाइ तथा उर्जा विकास कार्यालयमा कार्यरत छन । मिलनसार,सहयाेगी स्वभाव भएका के.सी डाेल्पा जिल्लाकाे बाैद्विक क्षमता भएकाे युवा भित्र पर्दछन ।
कर्णाली प्रदेशका दश वटै जिल्लामा कार्यरत सम्पूर्ण र्डिप्लोमा इन्जिनियर्सहरुकाे हकहितको लागि प्रतिबद्ध भएर काम गर्ने डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल (डिन) कर्णाली प्रदेश उपाध्यक्षमा धन बहादुर के.सीले बताएका छन । निर्वाचित भएपछि फाेक्सुण्डाे खबर संग कुरा गर्दै उपाध्यक्ष केसीले भने” पदिय दायित्वलाई भुल्ने छैन।
यस्तै डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल (डिन) कर्णाली प्रदेश प्रथम सम्मेलनबाट अध्यक्षमा कलम दर्लामी मगर (सुर्खेत )उपाध्यक्षमा धन बहादुर के .सी ( डोल्पा) उपाध्यक्षमा एलिशा आचार्य (दैलेख),महासचिवमा योगेन्द्र रावल (दैलेख),सचीवमा जीवन सिंह (दैलेख),सचीवमा प्रज्वल कठायत (रुकुम पश्चिम)सचीवमा दक्षिणा कुमारी शाही (कालिकोट),कोषाध्यक्षमा धन बहादुर थापा (जाजरकोट),सदस्यहरुमा प्रकाश कठायत, जय बहादुर बिष्ट (सुर्खेत),सतल बटला (कालिकोट), हरि बहादुर शाही, हरि प्रसाद भट्टराई,कुमार परियार (दैलेख), हरिबोल राना (सुर्खेत) निर्वाचित भएका छन ।