ताजा समाचार

जनताले सेवा प्रवाहाकाे अनुभति गर्ने गरि काम गर्न सरकारी कार्यालयका प्रमुखलाई मन्त्री बुढाकाे निर्देशन

कर्णाली प्रदेश सरकारका भाैतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढाले जनतालाई राज्य भएकाे अनुभुति दिलाउने गरि सेवा प्रवाहा गर्न सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन ।

जनताकाे काममा अवरोध नहुने गरि सहज रुपामा सेवा प्रवाहाका लागि कर्मचारीलाई सहयाेग पुर्याउनु पर्ने भनाई मन्त्री बुढाकाे थियाे ।

पहिलाे पटक मन्त्री बनेका बुढा डाेल्पा आएलगत्तै जिल्लाकाे विकास निर्माण सरकारी निकायबाट प्रवाहन गरिदै आएका सेवासुविदाकाे प्रभावकारिता लगायतका विषयमा जिल्ला प्रशासन कार्यालयमा राखिएकाे सर्वदलिय  छलफलमा मन्त्री बुढाले उक्त कुरा बताएका हुन ।

यसै गरि जिल्लाकाे मात्र नभएर सिंगाे राज्यकाे पर्यकीय महत्व बाेकाे फाेक्सुण्डाे ताल हेर्न आउने विदेशी तथा स्वदेशी पाहुनालाई सहजरुपमा हिड्नकाे पर्यटकीय पदमार्ग निर्माणमा शे फाेक्सुण्डाे राष्ट्रिय निकुन्जले सहयाेग गर्नु पर्नेमा जाेड दिएका छन ।

जिल्ला र स्थानीयकाे विकास र सम्बृद्दिकाे लागि स्थानीय सरकार र सरकारी कार्यालयका प्रमुख बीच सुमधुर सम्बन्ध आबश्यक रहेकाे समेत मन्त्री बुढाले बताए ।

सर्वदलिय सर्वपक्षीय छलफलमा प्रमुख जिल्ला अधिकारी तुलसि प्रसाद दाहाल समन्वय उप्रप्रमुख तेजेन्द्र राेकाया त्रिपुरासुन्दरी नगरपालिकाका नगर प्रमुख जनचन्द्र राेकाया ठुलिभेरी नगरका प्रमुख श्वर्वण बुढा प्रहरी नायवउपरिक्षक हरि कुमार  केसी जिल्ला  विभिन्न पालिकाका प्रमुख तथा राजनितिक दलका प्रतिनिधिकाे सहभागीता रहेकाे थियाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!