डाेल्पान्युज डेक्स
डाेल्पा। भदौ ३ गते ।
डाेल्पाकाे सदरमुकाम दुनै लगायत ८ वटै स्थानीय तहहरुमा प्रभातफेरी सरसफाइ लगायत विविध खेलकुद प्रतियोगिताकाे आयाेजना गरेर दशाै संविधान दिवस मनाइएकाे छ ।
जिल्लासमन्वय समिति डाेल्पाका प्रमुख श्यामबहादुर राेकाया उपप्रमुख तेजेन्द्र बुढा सहितकाे अगुवाईमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख राष्ट्रसेवक कर्मचारी विद्यार्थी शिक्षक राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र नागरिकसमाजका प्रतिनिधि सहितकाे टाेलिले सदरमुकाम दुनै बजार परिक्रमा गरि प्रभात फेरि कार्यक्रम गरेकाे छ ।
यसै गरि त्रिपुरासुन्दरी नगरपालिकामा संविधान दिवसकाे अवसरमा नगर केन्द्र त्रिपुराकाेट बजारमा सरसफाइ लगायत अन्तरक्रिया कार्यक्रम गरिएकाे छ ।
त्रिपुरासुन्दरी नगरउपप्रमुख देवि घर्ती निमित्त नगर प्रमुख प्रशासकीय रमेश रावतकाे नेतृत्वमा वातावरणीय कृषि तथा विकास केन्द्र (केड)का प्रतिनिधि दलित अभियान्ता नागरिक समाज लगायत बजार प्रतिनिधि नगरमा कार्यरत राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मी नगरसरसफाइ गरि बजारमा भएकाे फाेहाेर मैला ब्यवस्थापनमा सहभागी थिए ।
नगर तथा बजार सरसफाइ पछि प्रभातफेरी गरिएकाे थियाे ।प्रभात फेरि कार्यक्रम पछि वातावरणीय कृषि तथा विकास केन्द्र (केड)काे सहकार्य तथा त्रिपुरासुन्दरी नगरपालिकाकाे आयाेजनामा नगरसभा हलमा नेपालकाे संविधान २०७२ यसकाे कार्यन्वयनकाे बर्तमान अवस्था र दलित बर्गले भाेग्नु परेकाे पीडा लगायतका विषयमा अन्तरक्रिया छलफल गरिएकाे थियाे ।
अन्तरक्रिया कार्यक्रममा लाेकतन्त्र राष्ट्रहित र अग्रगामी परिवर्तनकाे लागि नेपाली जनताले विभिन्न समयमा गरेकाे जनआन्दोलन संघर्ष त्याग र बलिदानबाट प्राप्त भएकाे संविधान २०७२ काे सफल कार्यन्वयन हुननसकेकाेमा सहभागी बक्ताहरुले आआफ्नाे विचार ब्यक्त गरेका थिए ।
नगरउपप्रमुख देविघर्तिकाे अध्यक्षतामा भएकाे अन्तरक्रियामा बाेल्दै बरिस्ठ संचारकमी विष्णुप्रसाद देवकोटाले विश्वकाे उत्कृष्ट भनिएकाे नेपालकाे संविधान २०५७ समेत अपुर्ण भई २०७२ मा पहिलाे पटक संशोधन तथा पुर्नलेखन भई २०७२ मा लाेकतान्त्रिक संघिय संरचनामा आधारित नयाँ संविधान लागू भएकाले यसकाे कार्न्वयन प्रभावकारी रुपमा हुनु पर्नेमा जाेड दिनु भएकाे थियाे ।
सबै वर्ग जातजाति लिङ्ग र वर्णकाे अधिकार सुनिश्चित हुने गरि सामाजिक न्यायकाे लागि समानुपातिक समाबेशी र सहभागीतामुलक ब्यवस्था नेपालकाे संविधानमा गरेकाले सबैले आआफ्नाे तहबाट इमानदारी पुर्वक विनाविभेद समतामुलक समाज निर्माणमा लागेमा कुनै वर्ग वर्ण लिङ्ग र जातिकाे आन्दाेलनकाे आवश्यकता नपर्ने देवकोटाकाे भनाई थियाे ।
दलित अभियान्ता राजिमान सार्कीले नेपालकाे संविधानले सबै वर्ण वर्ग लिङ्ग जातजाति एउटै समान भएकाे ब्यवस्था गरेपनि अझै पनि जातिय छुजाछुत छाउपढि बालबिवाह जस्ता जघन्य अपराधका क्रियाकलाप हाम्राे समाजमा भइरहेकाे बताउनु भयाे ।
सार्वभौम सम्पन्न अधिकार ठानिएकाे स्थानीय सरकारका कर्मचारी र निर्वाचित जनप्रतिनिधिले नै कानुन विपरीत दलित महिला अपाङ र जनजातिलाई उपेक्षा गर्दै विभेद गरिरहेकाे उल्लेख गर्नु भयाे ।
वातावरणीय कृषि तथा विकास केन्द्र (केड) का फिल्ड अधिकृत तथा दलित सामाजिक अभियान्ता लिलाटमटाले अहिले पनि स्थानीय सरकार देखि संघिय सरकारमा नै संविधान विपरीत कार्यभइरहेकाे आपत्ति जनाउनु भएकाे थियाे ।
जातिय विभेद छुवाछूतकाे कारण मानव भएरपनि सम्मान भएर एक पक्ष बांच्न नसकेकाे सरकारी सेवासुविधा लगायतका अवसर र सहभागितामा संकुचन गरिएकाेले दलितलाई अझैपनि अपहेलित घृणित र तिरस्कृत हुने गरि व्यवहार गरिनु कानुनि राज्यकाे उपहास र लज्जास्पद अवस्था कायमै रहेकाले यसकाे विरुद्धमा दलित समुदाय जुरमुराउनु आवश्यक रहेकाेमा जाेड दिनु भयाे ।
नगर उपप्रमुख देवि घर्तिले नगरमा कसैलाई पनि विभेद नगरिएकाे तर कहिले काहीँ बजेट तथा कार्यक्रम विनियोजन गर्दा तलमाथि पर्न गएमा सच्च्याइने प्रतिबद्धता गर्दै नगरपालिका छुवाछूतमुक्त र सबैकाे साझा र समान कार्यालयकाे रुपमा रहेकाे बताउनु भयाे ।
नगरपालिका निमित्त कार्यकारी तथा कृषि शाखा अधिकृत रमेश रावतले सरकारले २ ३ र ४ गते गरेर तीन दिन दिवस मनाउने भने पनि अवस्था परिस्थिति र भुगाेल अनुसार एक दिन मात्र प्रभातफेरि अन्तरक्रिया लगायत विविध कार्यक्रम गरेर ३ गते साझ नगरपालिका परिसर र घरघरमा दिपप्रज्जवलित गरिने बताउनु भयाे ।
कार्यक्रममा दलित अधिकार संघर्ष समितिका संयाेजक लालबहादुर विश्वकर्मा र दलित महिला रन्जना विकले संविधानमा भएकाे ब्यवस्था र दलितले खेप्नु परेकाे उत्पिडनका बारेमा आफ्नाे भनाई राख्नु भएकाे थियाे ।