ताजा समाचार

आन्दोलनका नाममा आगो सल्काउने TOB कमाण्डरको नागरिकता नक्कली ठहर

 

आन्दोलनका नाममा आगो सल्काउने TOB कमाण्डरको नागरिकता नक्कली ठहर

मलाई मेरो देश फिर्ता ले’ भन्ने चर्को नारा लगाउँदै जेनजी प्रदर्शन र विध्वंशको क्रममा टिओबी अर्थात् टिबेटन ओरिजिनल ब्लड लेखिएको कालो ज्याकेट लगाएर  सरकार ढाल्न तोडफोडमा संलग्न तेन्जिन दावा लामाको नागरिकता नक्कली ठहरिएको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर ६ कार्यालयमा शनिवारका दिन जन्म दर्ता गरेर उनलाई नागरिकता सिफारिस गरिएको थियो । उक्त सिफारिस फर्जी ठहरिएको रिपोर्ट प्रहरीले भर्खरै प्राप्त गरेको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले जन्मेको १० बर्षपछि ०६३ साल चैत १० गते शनिवारको नक्कली जन्मदर्ताका आधारमा  बनाइदिएको नक्कली नागरिकताको सिफारिस जनाउने ढड्डा भदौ २४ को  आगलागीमा डढाइएको छ तर काठमाण्डौ महानगरपालिकाले सो  सिफारिस आफूले नगरेको पत्र काठमाण्डौ प्रहरी परिसरलाई पठाएको बुझिएको छ । अर्थात तेन्जिङ्गलाई नागरिकता दिलाउन टेकिएको आधार नै गलत ठहरिएको छ । यसवारे सोध्दा उनले आमाले के,कसरी सिफारिस बनाइदिनुभयो आफू जानकार नरहेको बयान दिएका छन्  ।

 स्रोतका अनुसार तेन्जिङ्गले सोही नागरिकताको आधारमा राष्ट्रिय परिचयपत्र र राहदानीसमेत बनाइसकेका छन् । सोही राहदानी बोकेर उनी अष्ट्रेलिया जाने तयारीमा थिए ।

“जेनजीका नाममा बनेको वर्तमान सरकारले अनुग्रहित हुँदै यस्ता देशघाती पात्रप्रति उदारता देखायो भने,न्यायाधीशहरुले पहिले झैं यी प्रकरणमा पनि मन कमलो बनाइदिए भने चाहिँ फेरि पनि अदालत डढ्ने खतरा टड्कारो देखिन्छ ।”

यसबाट नेपालमा लुकिछिपी बसेर कर्मचारीलाई घुस खुवाउँदै नेपाली नागरिकता फुत्काउने र छिमेकीविरोधी गतिविधि सन्चालन गर्ने मात्र नभई शरण दिने देशमै बिध्वँश मच्चाउन उध्यत पात्रहरु नेपालभित्र हज्जारौंको संख्यामा रहेको र तिनीहरूबाट कोही पनि सुरक्षित नरहेको प्रमाणित भएको छ ।

तेन्जिङ्गलाई प्रहरीले किन यसरी नक्कली कागजात बनाइस् भनेर वयान लिने क्रममा उनले मलाई सबैले तिब्बती तिब्बती भनेर उडाएपछि म नेपाली नै हो नि भनेर चिनाउन टिकटक बनाएको र यो नै आफ्नोलागि आत्मघाती कदम ठहरिएको दुःखेसो पोखेका छन् ।

यसरी नागरिकता र राहदानी फुत्काउने प्रत्येक शंकास्पद पात्र र घुसमा बिक्ने कर्मचारीमाथि कडा कार्वाही नगरे देशले अझै महङ्गो मूल्य चुकाउनु पर्ने पक्का छ । आज निज समातिएको ७ दिन पुगेको छ । २५ दिनभित्र अनुसन्धान सकाएर अदालतमा मुध्दा बुझाइसक्नुपर्ने म्याद रहन्छ । जेनजीका नाममा बनेको वर्तमान सरकारले अनुग्रहित हुँदै यस्ता देशघाती पात्रप्रति उदारता देखायो भने,न्यायाधीशहरुले पहिले झैं यी प्रकरणमा पनि मन कमलो बनाइदिए भने चाहिँ फेरि पनि अदालत डढ्ने खतरा टड्कारो देखिन्छ ।जनआस्थाबाट साभार

 

तपाईको प्रतिक्रिया