मकवानपुर,माघ २५ गते ।चैत महिनाकाे अन्तिम सातादेखि बैशाखकाे पहिलाे सातामा फुल्ने गुराँस यत्तिखेर माघ महिनामै फुलेकाे छ ।
मकवानपुरको थाहा नगरपालिका– ४ स्थित दामनमा माघ महिनामा नै लाली गुँरास फुलेको हाे । यस वर्ष जलवायु परिवर्तनले गर्दा चाँडै लाली गुँरास फुलेको बताइछ।
लाली गुँरास विगतका वर्ष भन्दा चाँडै फुलेको र कहिले काहीं पहिला फागुन महिनाकाे अन्तिमतिरवाट फुले पनि प्रायजसाे चैत बैशाखमा फुल्ने गरेकाे राष्ट्रिय फुल लालि गुराँस यस वर्ष जलवायु परिवर्तनले गर्दा चाडै फुलेको स्थानीयकाे भनाई छ ।