ताजा समाचार

त्रिपुराकोटमा चौथो मेयरकप खुला पुरुष भलिबल तथा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु

विष्णुप्रसाद देवकोटा

त्रिपुरासुन्दरी नगरपालिकाको कोटबगरस्थित खेलकुद मैदानमा पालिकास्तरीय चौथो मेयर कप खुला भलिबल तथा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।

कर्णाली प्रदेश सरकारका पुर्व सामाजिक विकास मन्त्री तथा डोल्पा (ख) प्रदेशका सासंद बीरबहादुर शाही र त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकायाले पानसमा दिपप्रज्वलितका साथै भलिबल सर्भिस गरेर मेयरकपको समुदघाटन गर्नु भएको थियो ।

चौथो मेयर कपको समुदघाटन गर्दै प्रमुख अतिथि तथा पुर्व सामाजिक विकास मन्त्री बीरबहादुर शाहीले खेलकुद स्वास्थ्य र राष्ट्र दुबैको लागि आवश्यक रहेको बताउनु भयो ।

आफु पनि विद्यालय उमेरदेखि नै खेलकुद प्रति रुचि राख्ने भएकाले जिल्लामा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्न जिल्लामा विनियोजित बजेट मध्य पचास प्रतिसत बजेट खेलकुद मैदान निर्माणमा विनियोजन गरिएको उल्लेख गर्नु भयो ।

डोल्पाका ठूलिभेरी त्रिपुरासुन्दरी नगरपालिका लगायत जगदुल्ला र मुड्केचुला गाउँपालिकामा खेलकुद मैदान निर्माणका लागि वजेट विनियोजन गरिएको पुर्व मन्त्री शाहीको भनाई थियो ।

डोल्पामा विकास योजनामा मुद्दा हाल्ने प्रबृति बढि भएकाले पुर्वाग्रही हिसावले मुद्दा हाल्ने प्रबृति रोकी विकास निर्माणमा सबैले हातमालो गरेर अगाडि बढ्नु पर्नेमा पुर्व मन्त्री शाहीले जोड दिनु भयो ।

कर्णली प्रदेशका पुर्व सिचाई तथा जलस्रोत मन्त्री उर्मिला विश्वकर्माले आफुले सक्दो प्रयास खेलकुद विकासको लागि पर्ने बताउनु भयो ।

त्रिपुरासुन्दरी नगरपालिकाले विकासका साथै खेलकुदलाई समेत प्राथमितामा राखेर काम गरिरहेको बताउनु भयो ।

नेकपा एमालेकी केन्द्रिय सदस्य बदमी क्वारी बोहोरा(बुढा)ले सबैले एक अर्कामा सहयोगको भाव विकास गरिमेयरकप लाई अनुशासित ब्यवस्थित र प्रभावकारी रुपमा सम्पन्न गर्नु पर्नेमा जोड दिनु भयो ।

नागरिक समाज डोल्पाका अध्यक्ष शेर बहादुर बुढाले त्रिपुरासुन्दरी नगरपालिका जिल्लाकै नमुना पालिका भएको उल्लेख गर्दै जनताको जनजीविका लगायत विकास निर्माणका साथै खेलकुद र संस्कृतिको संरक्षण संबर्दनमा लागिपरिरहेको बताउनु भयो ।

डोल्पा जिल्लाको हकमा विकासको सुचांकमा समेत अगाडि रहेको बताउदै त्रिपुरासुन्दरी नगरपालिकाको तुलनामा अन्य स्थानीय तहलाई दिउसै टर्च बालेर खोज्नु पर्ने अवस्था रहेकोमा दुख ब्यक्त गर्नु भयो ।

त्रिपुरासुन्दरी नगरपालिकाको कर्मचारी टिम र जनप्रतिनिधि टिम बीच पहिलो दिन भएको मैत्रिपुर्ण खेलमा जनप्रतिनिधि टिमले कर्मचारी टिमलाई हराउदै विजय हासिल गरेको छ ।कर्मचारी र जनप्रतिनिधि बीच भएको मैत्रिपूर्ण भलिबल खेल रोचक रुपमा भएको थियो l

बेस्टअफ फाईबमा खेलाइएको खेलमा लगातार तीनवटै सिफ्ट जितेर कर्मचारी टिमलाई जनप्रतिनिधि टमिले पराजय गरेको थियो ।

मेयरकपको समुदघाटनको दिन सम्म विभिन्न कारणले खेल समुह फोन मार्फत दर्ता गरेपनि भौतिक रुपमा खेलसमुहका खेलाडि उपस्थित नभएकाले शनिवार साँझ सम्म खेल समुह दर्ता गरिने र आईतवार वाट प्रतियोगिता शुरु हुने आयोजक त्रिपुरासुज्दरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धरालाले जानकारी दिनु भयो ।

नगरप्रमुख जनचन्द्र रोकायाको अध्यक्षतामा भएको समुदघाटन कार्यक्रममा उपप्रमुख देबि घर्ति उद्योग बार्णिज्य संघका अध्यक्ष लालिमान बुढा विभिन्न राजनीतिकदलका प्रमुख तथा प्रतिनिधि लगायत सर्बसाधारणको उल्लेखख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागि प्रमुख अतिथि विशेष अतिथि लगायत अतिथिहरुलाई शुभकामना मन्तब्य राख्दै नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धरालाले प्रत्येक वर्ष दशै र तिहारको बीचमा मेयरकप प्रतियोगिताको आयोजना गरिदै आएको उल्लेख गर्दै सबैको सक्रिय सहभागिताले नै खेलकुदको शोभा बढ्न गई खेलकुद प्रेमीहरुलाई समेत हौसला प्रदान हुने बताउनु भयो ।

अनुसाशित मर्यादित र ब्यवस्थित खेलकुद प्रतियोगिता सम्पन्न गर्नको लागि सबैले आआफ्नो तह र तप्कावाट रचनात्मक सहयोग गर्न समेत आग्रह गर्नु भएको छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!