डोल्प,असाेज २३ गते ।
छार्का ताङसोङ गाउँपालिकाले गाउँपालिका भरका सबै वडामा लम्पी स्किन रोग नियन्त्रणका लागि खोप लगाएको छ । छार्का ताङसोङ गाउँपालिकाको वडा नं १ छार्का भोट, वडा नं २ पुङ्गा र ठिमेर, वडा नं ३ ढाडगाउँ र ढुकोट, वडा नं ५ तेराङ, घेराङ र पिम्री र वडा नं ६ शेरी र मुकोट गरी कुल ४ हाजर ४ सय ८९ याक, झोपा, चौरी र लुलु गाईलाई लम्पी स्किन रोग विरुद्ध खोप लगाएकाे प्रमुख प्रशासकिय अधिकृत अम्मर राज सेजावालले जानकारी दिए ।
प्रमुख प्रशासकिय अधिकृत सेजुवालका अनुसार यहि असोज ५ गतेदेखि १५ गते सम्म सबै वडाका याक, झोपा, चौरी र लुलु गाईलाई लम्पी स्किन रोग विरुद्ध खाेप लगाईएकाे बताए ।