डाेल्पान्युज
नेपाल सरकारले लगाएको सामाजिक सञ्जाल प्रतिबन्धलाई लिएर विश्वका प्रमुख सञ्चार माध्यमहरूले गम्भीर चासो व्यक्त गरेका छन्।
कमिटी टु प्रोटेक्ट जर्नलिस्ट – अमेरिका/अन्तर्राष्ट्रिय संस्था) ले पत्रकारहरूको काम र जनतासम्म समाचार पुग्नमा गम्भीर असर पर्ने चेतावनी दिंदै सामाजिक सञ्जालमाथिको प्रतिबन्ध प्रेस स्वतन्त्रतामाथिको खतरनाक उदाहरण भएको टिप्पणी गरेको छ।
टाइम्स अफ इन्डिया (भारत) ले यसलाई भारतका पाठकका लागि ठूलो समाचारका रूपमा प्रस्तुत गर्दै राजनीतिक र सामाजिक दृष्टिले महत्वपूर्ण कदमको रूपमा व्याख्या गरेको छ।
एनडिटीभी वर्ल्ड (भारत) ले फेसबुकलगायत ठूला प्लेटफर्म बन्दले नेपालमा जनताको अनलाइन पहुँचमा प्रत्यक्ष असर पर्ने उल्लेख गरेको छ।
द हिन्दु (भारत) ले यस कदमलाई क्षेत्रीय समाचारको प्राथमिकतामा राख्दै प्रेस स्वतन्त्रता र जनअधिकारसम्बन्धी गम्भीर प्रश्न उठाएको छ।
डीडब्ल्यू – जर्मनी) ले भने यस कदमलाई नियन्त्रणकारी र नागरिक अधिकार सीमित गर्ने प्रयासको रूपमा चित्रण गरेको छ।
त्यस्तै, अन्य प्रमुख अन्तर्राष्ट्रिय मिडियाले पनि प्रतिवन्धबारे विभिन्न दृष्टिकोण सार्वजनिक गरेका छन् :
एसोसिएटेड प्रेस (AP – अमेरिका) ले फेसबुक, एक्स, युट्युबलगायतका प्रमुख सामाजिक सञ्जाल बन्द गरेको समाचारलाई प्रमुखताका साथ प्रकाशन गर्दै यसलाई अभिव्यक्ति स्वतन्त्रता सीमित गर्ने प्रयास भएको उल्लेख गरेको छ।
अलजजिरा (कतार) ले दर्ता प्रक्रिया पूरा नगरेको आरोपमा सरकारले आकस्मिक रूपमा सञ्जाल बन्द गरेको भन्दै यसले जनताको मौलिक अधिकारमा आघात पुर्याउने प्रतिक्रिया दिएको छ।
रोयटर्स (अमेरिका) ले फेक आईडी, अफवाह र साइबर अपराधको कारण देखाएर सरकारको कदमबारे समाचार प्रकाशित गरेको छ। तर आलोचकहरूको भनाइ उद्धृत गर्दै यसले अभिव्यक्ति स्वतन्त्रता दबाउने खतरा रहेको चेतावनी पनि दिएको छ।

डोल्पा न्यूज । २१ भाद्र २०८२, शनिबार ०३:५७