ताजा समाचार

डोल्पामा नागरिक सचेतना र सुरक्षासम्बन्धी आठ बुँदे सुझावसहितकाे ध्यानाकर्षण 

विष्णुप्रसाद देवकोटा

डोल्पा । गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा डोल्पा, अन्तर्राष्ट्रिय महिला महासंघ डोल्पा र बालबालिका बिषयक संस्था साझेदारी अभियान मञ्च डोल्पाले संयुक्त रुपमा आठ बुँदे ध्यानाकर्षणसहित शुभकामना सन्देश सार्वजनिक गरेका छन्।

आसन्न विजयादशमी, तिहार तथा छठ पर्वलाई लक्षित गरी जिल्लामा शान्ति–सुरक्षा कायम राख्ने विषयमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायत सम्पूर्ण सुरक्षा निकायलाई विशेष ध्यान दिन आग्रह गरिएको छ।सराेकारवालाले जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान कार्यालय डाेल्पामा सामाजिक सुरक्षा लगनयतका विषयमा पत्र मार्फत ध्यानाकर्षण गराएका हुन ।

सार्वजनिक गरिएको सन्देशमा पर्वका समयमा बालबालिकाको सुरक्षा, सहजीकरण र मानव बेचबिखन रोकथाममा सचेतता आवश्यक रहेको उल्लेख छ। साथै, विद्यालय बिदा र भीडभाडमा दुर्घटनाबाट बच्न अभिभावक र सरोकारवालाहरूलाई सतर्क रहन अपिल गरिएको छ।

यस्तै, सडक, यातायात, बजार तथा धार्मिक स्थलमा हुने भीड व्यवस्थापन, गुणस्तरीय उपभोग्य वस्तुको आपूर्ति, मूल्य नियन्त्रण तथा कालाबजारी रोकथाममा कडाइ गर्न सम्बद्ध निकायलाई अनुरोध गरिएको छ।

त्यसैगरी, चाडपर्वको समयमा हुने घरेलु हिंसा, बालश्रम र महिला हिंसामाथि निगरानी बढाउन, सुरक्षासम्बन्धी सूचनालाई प्राथमिकतामा राखी मानवअधिकारमैत्री गतिविधि सञ्चालन गर्न जोड दिइएको छ।समसामयिक सुझाव सहितकाे ध्यानाकर्षण बुझनउन रणबहादुर कार्की सचिव गैसस महासंघ कर्णाली प्रदेश,

माया कुमारी ठकुल्ला अध्यक्ष अन्तरपार्टी महिला सञ्जाल डोल्पा ,चन्द्र बहादुर रोकाया अध्यक्ष मुकुटेश्वर अपाङग सेवा समिति डोल्पा ,प्रेम सिंह प्रमुख कार्यक्रम संयोजक समाज जागरण केन्द्र र जलिसा डाँगी सदस्य महिला सशक्तीकरण केन्द्र डोल्पाकाे सहभागीता रहेकाे थियाे ।

पत्रमा उल्लेख भएअनुसार, “सुरक्षा, मानवअधिकार, नागरिक सुरक्षा, सरसफाइ लगायतका विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी सामाजिक ऐक्यबद्धता र शान्ति कायम गर्न सबै पक्ष एकजुट हुन जरुरी छ ।

तपाईको प्रतिक्रिया