काठमाडौँ । नेकपा एमालेले पूर्व उपाध्यक्ष डा. भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ ।
बुधबार बसेको सचिवालय बैठकले १० औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग भिडेका रावललाई पार्टीमा कुनै ठाउँ नरहने गरी संगठित सदस्यबाटै हटाएको हो ।एमालेको ४ कात्तिकमा बसेको सचिवालय बैठकले रावललाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएपछि नेकपा एमालेले रावललाई हटाएकाे हाे ।