ताजा समाचार

कविता: ‘पानी, किसान र भोग’

 एउटा किसानको शरीरबाट आएको पसिना

 जब खडेरीको मौसममा, पानी पर्दा पखालिन्छ

तब किसान को मन मात्रै आनन्दित हुँदैन ।।

सुख्खा जमीनको पनि मुहार फेरिन्छ ।

 रंगहीन जमीन रंगीन हुन्छ।।

 

बिहानै एक हल गोरु सँगै ,

 काँध मा हलोजुवा बोकी ,

गोठे मल खेतमा छरी

पुस्तौं पुस्ता सम्म पुग्ने गरी

माटोलाई आफ्नो जीवन मानी

किसानले रोपेको बीऊ,

दाना लागि खाना मा परिणत हुन्छ।।

 

रहरहरु थाती राखी,

आफ्नो भोको पेटलाई साँची

सबैको भोक मेट्न ,

उसले घामपानी हावाहुरी ,नभनी मेहेनत गर्छ।

त्यसैले त उ किसान हुन्छ ।।।

शुसिल उपाध्याय जुम्लाको चन्दननाथ नगरपालिकाका बासिन्दा हुन। हाल उनी मध्यपश्चिम विश्वविद्यालयको रामघाट स्थित कृषि संकायको केन्द्रीय क्याम्पसमा कृषि संकायमा स्नातक गरिरहेका छन्। उनी पढाइ सगै फुर्सदको समय कहिले कसो कविता, गजलहरु लेख्न असाध्यै रुचाउँछन् ।

तपाईको प्रतिक्रिया