डोल्पा,मङ्सिर २४ गते। जाजरकाेटका भूकम्प पीडितहरुलाई डाेल्पाकाे मुड्केचुला गाउँपालिकाकाे तर्फबाट राहत सामाग्री वितरण गरिएकाे छ ।
पूर्व पर्यटनमन्त्री तथा बर्तमान कर्णाली प्रदेश सांसद बिरबहादुर शाहकाे अगुवाईमा राहत सामग्री वितरण गरिएकाे हाे ।पछिल्लाे समयमा जाडाेले भूकम्प पीडितहरुलाई सकस भएकाे संचार माध्यममा सार्वजनिक भएसंगै एकसय पचास थान न्यानाे ज्याकेट पीडितले पाउने गरि नलगाई नगरपालिका जनप्रतिनिधि सहितकाे उपस्थितिमा नगरप्रमुख डम्बरबहादुर रावतलाई सांसद शाहीकाे टाेलीले हस्तान्तरण गरेकाे बताइएकाे छ ।
पीडितहरुकाे घाउमा मलम लगाउने उद्देश्यले सानाे सहयाेग पालिकाकाे तर्फवाट गरिएकाे मुड्केचुला गाउँपालिका अध्यक्ष दत्तबहादुर शाही जानकारी दिए ।
मुड्केचुला गाउँपालिकाकाे तर्फवाट पीडितहरुकाे बास्थानका लागि अस्थायी टहरा निर्माण गरेलगत्तै न्यानाे ज्याकेट वितरण गरिएकाे हाे ।