डाेल्पा,मङ्सिर १७ गते ।ठूलिभेरी नगरपालिका जुफाल डाेल्पाले संघ र प्रदेश सरकारबाट स्वीकृत भई आएका याेजना कार्यान्वयनमा कडाई गर्ने भएकाे छ ।
आइतबार नगरपालिकाको कार्यालयमा जिल्लाका सम्पुर्ण कार्यालय प्रमुखहरुको उपस्थितिमा भएकाे विशेष बैठकमा यस्ताे प्रतिबद्धता भएकाे हाे ।
संघ र प्रदेशस्तरबाट प्राप्त कार्यक्रम तथा याेजना राजनशितिक पार्टीका कार्यकर्ता आफन्त नातागोता र आफ्नै परिवारलाई लक्षित गरि पठाउने गरेकाले त्यस्ता मनसायले ओतप्रोत भई जिल्लामा भित्रीएका याेजना कार्यान्वयनकाे चरणमा स्थानीयतहले दिने सिफारिस स्थलगत अनुगमन पश्चात् मात्र दिनु पर्नेमा बैठकले जाे दिएकाे छ ।
नगरप्रमुख श्ववर्ण बुढाकाे अध्यक्षतामा बसेकाे बैठकले विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयबाट दिइने सेवा प्रवाहलाई छिटो छरितो र चुस्त दुरुस्त बनाउन कार्यकार्यका लागि समेत नगरपालिकाले कार्यालय प्रमुख सहितकाे बैठककाे आयाेजना गरेको थियाे।
राज्य शक्ति पहुँचकाे आधारमा जिल्ला भित्रीएका अधिकांश याेजनाहरुमा डुब्लीकेशन(दाेहनेरीने) गरेकाे विगतकाे सिकाई भएकाले ठाेस याेजना र आबश्यकताका आधारमा कार्य र याेजनालाई कार्यान्वयन गर्न कार्यालय प्रमुखलाई नगरप्रमुख बुढाले निर्देश सहित आग्रह गरे
विभिन्न कार्यालयबाट सञ्चालित विकास योजनाहरु भुक्तानी गर्नु पुर्व प्राविधिक मुल्याकंन लगायत सरोकारवालाहरुको अनिवार्य अनुगमन हुनुपर्ने नगर प्रमुख बुढाले जाे दिएकाे नगरप्रमुखका स्वकिय सचिव रेखामान बुढाले बताए ।पहिलाे पटक नगरपालिकामा भएकाे बैठककम जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिकाे सहभागिता रहेकाे थियाे ।
कार्यक्रममा उपस्थित कार्यालय प्रमुखहरुले आ आफ्नाे कार्यालयकाे आब २०८०/०८१ काे लागि संघ र प्रदेशबाट स्वीकृत भई आएका कार्यक्रम तथा याेजनाबा बारेमा बार्षिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।