विष्णुप्रसाद देवकोटा
हिमाली जिल्ला डाेल्पाका पाटनहरुमा यार्सागुम्बा चाेर्न पुगेका ४८ जना यार्सागुम्बा चाेर पक्राउ परेका छन ।
डाेल्पाका कागमारा,कुनासा, टाङ्ग टुङ्गे लगाएतका यार्सा पाटनहरुबाट पक्राउ गरिएको शे-फाेक्सुण्डाे राष्ट्रिय निकुञ्ज डाेल्पाका सुचना अधिकारी तथा रेन्जर यज्ञराज राेकायाले जानकारी दिए । शे-फोक्सुण्डाे राष्ट्रिय निकुञ्ज अन्तरगत डोल्पा जिल्लाभर ७ वटा चेकपोस्ट र मुगु जिल्लामा २ वटा चेकपोष्ट रहेकाे राेकायाले बताए ।
विभिन्न स्थानबाट बाट पक्राउ परेकाहरुमा जाजरकोट जिल्लाका ६ जना , मुड्केचुला गाउपालिका डाेल्पाका १९ जना र जगदुल्ला गाउपालिकाकै २३ जनालाई पक्राउ गरिएको छ।
पक्राउ परेका सबैलाई निकुञ्जकाे कार्यालयमा निगरानीमा राखिएको छ।
याे बर्ष डाेल्पाका यार्सा पाटन आगामी जेठ १० गते खुल्ला गर्ने जिल्लास्तरीय सराेकारवालाकाे बैठकले निर्णय गरेकाे थियाे ।
तर सर्वदलीय सराेकारवालाकाे निर्णय भन्दा अगाडि नै पाटनमा पुगेर अबैध रुपमा यार्चागुम्बु संकलन गरेपछि उनिहरुलाई पक्राउ गरिएकाे निकुञ्जले जनाएकाे छ ।