जाजरकोट । जाजरकोटमा पहिरोको उच्च जोखिम भएको १२ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
जाजरकोटको जुनीचाँदे गाउँपालिका–३ स्याँला गाउँका १२ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
अविरल वर्षाका कारण गाउँको माथिल्लो भिरलो भागबाट पहिरो खस्ने जोखिम बढेकाले परिवारलाई सारिएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरूषोत्तम प्रसाद पाण्डेले जानकारी दिए।
उनका अनुसार उनीहरूलाई नजिकैको मग्रा भन्ने खाली ठाउँमा अस्थायी रूपमा त्रिपाल हालेर राखिएको छ।
स्थानीय तह र प्रहरीको समन्वयमा घरपरिवारलाई सारिएको डिएसपी पाण्डेले जानकराी दिए।