विष्णुप्रसाद देवकोटा
डाेल्पा,माघ २५ गते ।डाेल्पा क्याम्पस ब्यवस्थापन समिति २० वर्ष सम्म पनि तदर्थ समितिकाे नेतृत्वमा चलेकाे खुलेकाे छ ।
गएकाे पुस ५ गते भएकाे भनिएकाे क्याम्पसकाे साधारण सभामा उपस्थिति जनाएको निर्णय पुस्तिकामा क्याम्पस व्यवस्थापन अध्यक्ष सहित सदस्यकाे हस्ताक्षर किर्ते भएकाे भन्ने घटना बाहिरिएपछि छानविनकाे क्रममा याे रहस्य खुलेकाे हाे ।
निर्वाचन या सर्वसम्मत जुन प्रकृयावाट भएपनि ३ वर्ष देखि बढिमा ५ वर्ष सम्म साधारण सभा गरि नयाँ ब्यवस्थापन समिति चयन गरि सक्नु पर्ने प्रावधान छ ।
२० बर्ष सम्म एउटै ब्यक्तिकाे नेतृत्व त्यसैमा पनि तदर्थ समितिले प्राज्ञिक जस्ताे संस्थालाई गुमराहमा राखेर चलाउनुकाे पृष्ठभूमिकाे उपज अहिलेकाे किर्ते सभा प्रकरण हाे भन्दा अनुचित नहाेला ।
क्याम्पस ब्यवस्थापन समितिकाे बर्तमान नेतृत्वले आफुअनुकुल साधारण सभा नगरेर बिचबिचमा नयाँ सदस्यहरु मनाेनित गर्ने र साधारण सभा गरेजस्ताे बनाएर आफू नेतृत्वमा बसिरहने गलत अभ्यास अनुसरण गरेकाे पाइएकाे छ ।
दुई दशक सम्म एउटै ब्यक्तिकाे नेतृत्वमा क्याम्पस चलिरहंदा पनि डाेल्पा क्याम्पस आंशिक क्याम्पसकै रुपमा छ ।
२०५९ असाेज १६ गते तत्कालीन जिल्ला विकास समितिकाे सभाहलमा पत्रकार विष्णुलाल बुढाकाे निजि खर्चमा पत्रकार विष्णुप्रसाद देवकोटाले जिल्लास्थित सराेकारवालाकाे उपस्थितिमा उच्च शिक्षा र डाेल्पाकाे आबश्यकता विषयक अन्तरसंवाद कार्यक्रम संचालन गरेर क्याम्पस स्थापनाकाे लागि पहल कदमी प्रयासकाे थालनि गरिएकाे थियाे ।
२०६० मा सम्बन्धन प्राप्त गरेकाे डाेल्पा क्याम्पस अहिले सम्म पनि आंगिक हुन सकेकाे छैन ।
तर यसैका विच एक्कासि डाेल्पा क्याम्पसमा अहिले किर्ते सभा प्रकरणले ब्यवस्थापन समितिकाे हैसियतमाथि प्रश्न चिन्ह खडा गर्दै चुनाैति समेत थपि दिएकाे छ ।
क्याम्पस प्रमुख धनन्जय सुवेदीलाई किर्ते सभा प्रकरणका मुख्य आराेपि बनाएर ब्यवस्थापन समितिले प्रमुखकाे स्पष्टीकरण र राजिनामा माग गरिरहेकाे बताइन्छ ।
ब्यवस्थापन समितिका काेही न काेही पदाधिकारीकाे संलग्नता विना किर्ते साधारण सभा गर्न कत्तिको सम्भव छ ? प्रमुखकाे स्पष्टीकरण साेध्ने व्यवस्थापन समितिलाई जिल्ला प्रशासनले अनुसन्धानकाे दायरामा ल्याउन आवश्यक छ कि छैन ? कि प्रमुखलाई राजिनामा दिन लगाएर कुनै अमुक ब्यक्तिले क्याम्पस प्रमुख बन्ने दाउमा याे प्राेपाेगण्डा रचेर खेल खेलिरहेकाे त हाेइन ? यी र यस्तै प्रश्न डाेल्पालि समाजमा अहिलेकाे किर्ते सभा प्रकरणले उब्जाएको छ ।
किर्ते सभा काण्डलाई नजिकबाट अनुसन्धान गरिरहेकाे जिल्ला प्रशासनका अधिकारीले प्रमुख सुवेदीसंग आबश्यक छानविन गरि बयान समेत लिइसकेकाे छ ।
प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले प्रमुखकाे बयान र साेधपुछ सकिएकाे बताए ।
दाहालले भने ” अहिले छानविनकै प्रकृयामा रहेकाले काे दाेषि काे निर्दाेषी भन्न नसकिने बताउदै क्याम्पस ब्यवस्थापन नेतृत्व पनि छानविनमा रहेकाले अहिले यसै भन्न सकिन्न “
क्याम्पस प्रमुख धनन्जय सुवेदीलाई क्याम्पस ब्यवस्थापन समितिले ७२ घन्टाकाे समय दिएर किर्ते सभा प्रकरणमा स्पष्टीकरण दिन अल्टिमेटम दिएकाे थियाे ।
स्पष्टीकरण दिन गत आइतवार डाेल्पा पुगेका सुवेदीलाई जिल्ला प्रशासनले साेधपुछकाे लागि समय लगाएपछि साेमवार र मंगलवार पनि उनले व्यवस्थापन समितिलाई स्पष्टीकरण बुझाएनन्।
स्पष्टीकरण मात्र नभई क्याम्पस प्रमुखवाटै राजिनामा दिने गरि डाेल्पा पुगेका सुवेदीले आफ्नाे तर्फवाट किर्ते जस्ताे असम्भव कार्य नगरेकाे दावि गरे ।
उनले भने ” ब्यवस्थापन समितिले आफ्नाे स्पष्टीकरण भन्दा पनि राजिनामा बटमलाइन बनाएकाे र राजिनामा दिए अरु केही गर्नु पर्दैन भन्छन ।”
मलाई डाेल्पा क्याम्पसमा प्रमुख भएर बसिरहनु रहर छैन र अन्य कुनै स्वार्थ पनि , पुर्णकालिन प्रमुखकाे विकल्प नहुंदा आफुले सेवा दिएकाे तर अहिले आएर कसले कुन प्रयाेजन र स्वार्थमा प्राेपगण्डा सृजना गरेर किर्ते प्रकरण सृजित गर्याे आफुलाई थाहा नभएकाे प्रमुख सुवेदीले बताए ।
लामाे समय सम्म प्रमुख हुंदा आर्थिक हिनामिना गर्नु भयाे भन्ने छ नि ? भन्ने जिज्ञासामा आफुले कुनै हिनामिना नगरेकाे अहिले पनि क्याम्पसकाे खातामा ५२ लाख ६७ हजार १ सय नब्बे रुपियाँ माैज्दात रहेकाे बताए ।
तपाईं स्पष्टीकरण र राजिनामा दुबै दिने मनस्थिति बनाएर डाेल्पा पुग्नु भएकाे तर अहिले सम्म किन दिनु भएन नि क्याम्पस ब्यवस्थापनलाई भन्ने अर्को प्रश्नमा आफुले जे जे स्पष्टीकरण र आबश्यक बयानदिनु थियाे त्याे जिल्ला प्रशासनलाई दिइसकेकाे र ब्यवस्थापनलाई दिनु कुनै अर्थ नरहने भएकाले माघ महिना भित्र राजिनामा सहित क्याम्पसकाे आफ्नाे जिम्मेवारीमा रहेकाे आर्थिक देखि कार्यालयी कागजात चलअचल बरबुझारथ गरेर छाड्ने जानकारी सुवेदीेले दिए ।
पर्वतमा रहेकाे मानिसलाई स्पष्टीकरणकाे लागि ७२ घन्टाको अल्टिमेटम दिएर समय सिमा निर्धारण आफैमा अस्वभाविक भएकाे बताउदै कमसेकम बाटाेकाे म्याद समेत ७ दिनकाे हुने भएकाले ब्यवस्थापन समितिले आफुलाई सेवा गरेवापतकाे पुरस्कार अहिलेकाे अनावश्यक अल्झन लिएर सम्मान गरेकाे गुनासाे गरे ।
अहिले आफ्नाे पहलमा क्याम्पस आंगिक हुन थालेकाले ब्यवस्थापन समितिवाट चलखेल हुन थालेकाे हुन सक्ने आशंका ब्यक्त गर्दै राजिनामा नदिए कालाेमाेसाे दल्ने समेतकाे हल्ला बजारमा चलिरहेकाे आफुले पाएकाे बताउदै जिल्ला प्रशासनमा समेत ब्यवस्थापन अध्यक्ष याेगेन्द्र बहादुर शाहीले आफ्नाे नेतृत्वकाे समिति समेत अबैध भएकाे आफ्नै अगाडि स्विकारेकाे पनि क्याम्पस प्रमुख सुवेदीले दावि गरे ।
क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष शाहीसंग प्रतिकृया लिन खाेज्दा पछि भन्दै टारे ।क्याम्पस ब्यवस्थापन समितिका बरिस्ठ सदस्य लक्ष्मीकान्त उपाध्यायले अस्वभाविक प्रकृया सार्वजनिक भएपछि बैठक बसेर क्याम्पस प्रमुखलाई बास्तविकता बुझ्न स्पष्टीकरण साेधिएकाे प्रमुख पनि क्याम्पस पुगेर हाजिर भएकाे बताए ।
तपाईहरुकाे समिति पनि अबैधानिक रहेछ नि भन्ने प्रश्नमा आफुलाई थाहानभएकाे सबै अध्यक्षलाई थाहा हाेला नि भन्दै प्रमुखकाे राजिनामा अहिलेकाे विषय नभएकाे उपाध्यायले प्रस्ट्याए
यत्तिखेर जिल्ला प्रशासनमा किर्ते सभा प्रकरणबारे विभिन्न पक्षवाट उजुरी परि छानविन समेत भइरहेकाले प्रशासनकाे छानवीन गहिराईमा पुगेर किर्ते प्रकरणमा मात्र नभई आर्थिक सामाजिक भाैतिक र ब्यवस्थापन पक्षलाई समेत छानविन गरि क्याम्पसकाे भविश्य उज्ज्वल बनाउन तर्फ केन्द्रीत बनाेस ।
न कि अमुक राजनितिक दल विशेषकाे दवावमा छानविन छानविनकाे डस्टविनमा परिणत नहाेस ।यथार्थ धरातलमा पुगेर डाेल्पालि समाज र डाेल्पालि जनशक्ति निर्माणकाे आधारशिला मानिएकाे क्याम्पसकाे स्वरुप परिवर्तनमा परिणत हुन सकाेस ।