ताजा समाचार

धैर्यता संयमता विश्वनीयता र पटक पटकको असफलता सफलताको आधारस्तभ 

विष्णुप्रसाद देवकाेटा

युद्धरतपक्ष बिचको बन्दुक बन्द हुदैमा विश्वजगत शान्तिमा रुपान्तरित हुन सक्दैन ।बन्दुक बन्द भएर केहि समय कोलाहल शान्त हुनुलाई स्थायी शान्ति भन्न सकिदैन यो युद्धविराम मात्र हो।शान्ति त मानिसहरुको लागि आधारभूत आवश्यकता हो ।मानिस शान्ति खोज्न बाहिरी दुनियाँको भौतिकवादमा भौतारि रहन्छ ।बास्तवमा शान्ति हामी भित्रै छ ।

हामीले खोजि रहेको ईश्वर(देवता )पनि हामी भित्रै छ ।सर्वप्रथम मानिस नै ईश्वर हो ।ईश्वर प्राप्तीमा नै शान्ति प्राप्ती हो ।शान्ति र ईश्वर बाहिरी आडम्वरी समाजमा मानिसले चाहेर देख्न सकिने ठोस बस्तु होईन ।

नत यसलाई छुन सकिन्छ, नत यसलाई तराजुमा जोख्न सकिन्छ ।नत यसलाई ठोस बस्तु जस्तै खरिद विक्री गर्न नै सकिन्छ ।भनिन्छ मान्छे नास्तिकबाट आस्तिक बन्न सक्छ ।भगवानमाथि विश्वास गर्न सक्छ ।जसले भगवानमाथि विश्वास गर्छन,उनीहरु पनि नास्तिक बन्न सक्छन् ।

जसले भगवानमाथि विश्वास गर्दैनन् उनीहरु पनि भगवानमाथि विश्वास गर्ने व्यक्ति बन्न सक्छन ।यो सबैथोक हाम्रो जीवनमा सम्भव छ ।यो संसारमा असम्भव भन्ने नै छैन ।सन्दर्भ हो डोल्पास्थित प्रशिद्ध श्रीवाला त्रिपुरासुन्दरी भगवती मन्दिरमा चोरीभएको मुर्ति(शिला) पाउन   त्रिपुराकोटका रैथानेहरुले मन्दिरमा ईश्वर प्राप्तीको लागि गर्दै आएको पुकार ।विक्रम सम्वत २०५७ साल कार्तिक १ गते श्रीवाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरमा तेस्रो पटक चोरी भयो ।

भगवतीको आसन(गद्धी)मा विराजमान पुरातात्कि महत्वका मुर्तिहरु(शिला) चोरी भए ।लोकले पुज्दै आएका आफ्ना आस्थाका धरोहर मुर्तिहरु(शिला) चोरी हुँदा त्यतिबेला झण्डै दुई साता सम्म त्रिपुराकोटवासि अर्थात न्यौपाने(पुजारी,उपाध्याय) देवकोटा विष्टकाजीले चिनिने फुलहारा, छडिदार(कठायत) र श्रीत्रिपुरामाताका अत्यन्तै मनप्रिय भक्तजन मध्येका दलित(सार्की)टोल, दमाई र कुलाल लगायत समग्र स्थानीय बैचैन बन्न पुगे ।

त्रिपुराकोटका बृद्ध ब्रामण पुरुष तथा महिलाहरु छल र गल्लीका मष्टा भगवानका मन्दिरहरुमा मुर्ति चोर पत्ता लगाई दिन र मुर्ति प्राप्त होस भनेर रात दिन धाउन पुगे ।युवाहरु मुर्ति र चोरको खोजीमा क्रियासिल रहे ।जसको फलस्वरुप कार्तिक १ गते मन्दिरवाट चोरी भएका बहुमुल्य मुर्तिहरुसहित लामाथरका मुर्ति चोरलाई स्थानीयले रुकुम र जाजरकोट सिमा बगरा भन्ने स्थानबाट २०५७ कार्तिक १७ गते आफ्नो नियन्त्रणमा लिन सफल भए ।

सोही दिन हेलिकप्टरवाट मुर्तिहरुलाई जिल्ला सदरमुकाम दुनै ल्याइयो ।आफैले पुज्दै आएकी माता जगतजननी प्राप्तीमा हर्षले विभोर मन्दिर पिठाधिस लगायत अन्य पुजारीखलकलाई हराएका सबै जगतजननी स्वरुपका शिलाहरु कति प्राप्त भए या भएनन भन्ने कुराको एकिन हुन सकेन ।

तामझामका साथ जिल्ला प्रहरी कार्यालय दुनैमा पुरातत्व विभागका प्रतिनिधि सहितको मुर्ति बरामती मुचुल्कामा पुजारीहरुले सबै मुर्तिहरु(शिला) प्राप्त भयो भन्नेमा सनाखत गरे ।

जिल्ला प्रहरी कार्यालय दुनैस्थित जगतजननी भगवतीका मुर्ति(शिला)प्रस्थिापन मन्दिरमा साँझको सन्ध्याकालिन नित्य पुजा गर्ने क्रममा योगमायाको(शिला)मुर्ति नभएको आभास पुजारीलाई  भयो ।चोरी हुँदाको बखतमा हराइएको योगमायाको(शिला)े मात्र अहिले सम्म पाइएको छैन ।मुर्तिहरु चोरी भएको पनि दुई दशक पूरा भइसक्यो । योगमायाको शिला अझै प्राप्त हुन सकिरहेको छैन ।

विक्रम सम्वत २०७१ साल देखि त्रिपुराकोट निवासी मन्दिरका न्यौपाने (उपाध्याय) पुजारी लगायतका सरोकारवालाहरु हराएकी योगमायाको शिला प्राप्तीको निमित्त छल हिसंहराज मष्टासंग भाकल गर्दै धाउदै आइरहेको पनि दश वर्ष भयो ।

छलस्थित प्रख्यात सिंहराज मष्टाले आफैले आफ्नो अग्निपरिक्षा लिइरहेका छन ।जसको फलस्वरुप मन्दिरको शिला प्राप्ती नभएसम्मको लागि आफ्नो ईश्वररुपी आसन मानिएको सिखा नबाँध्ने भनेर हामी )नर)हरुलाई निर्देश भएको सबैलाई अवगत नै छ ।

छल सिंहराज र गल्ली भवानी मष्टा दुबैको एउटै बख्यान छ ।जब सम्म तिमीहरु(हामी)नरहरु सबै एकमन एक चित्त भएर खुला हृदयले लागि पर्दैनौ तब सम्म शिला पाउन सकिदैन ।त्रिपुराकोटस्थित पुजारी फुलाहारा छडिदार सार्की लगायत सम्पुर्ण कोटवासीको शिला प्राप्ती प्रतिको एक मन एक चित्त एक ध्यान बन्न सकेमा ईश्वर प्राप्ती अर्थात योगमायाको शिला प्राप्ती टाढा छैन असम्भव पनि छैन,तर लागि पर भन्ने छ ।

यसैका लागि त्रिपुराकोट गाउँकी ब्राह्रमण महिलाहरु प्रत्येक  सोमवार छल सिंहराज मष्टाको मन्दिर धाउने पुजारीहरु आइतवार धामाघाडि धाउने क्रम अहिले पनि जारी छ ।

ईश्वररुपी सिंहराज मष्टाकै निर्देशमा २०७३ सालवाट एकचित्त एक मन भई सफासुद्ध भएर प्रत्येक शनिवार मन्दिरमा पुगेर भेटी र पुष्पगुच्छा चढाउने कार्य अहिले पनि निरन्तर जारी छ ।

छल सिंहराज, मष्टाको निर्देशमा सुरुवाती समयमा अब हराइएकी योगमायाको सिला प्राप्त हुने भयो भनेर सिंङ्गो गाउँले मन्दिरमा जम्मा भएर एकता र एकचित्तको सन्देश दिन शिला प्राप्ती होस भन्दै पाति(पुष्पगुच्छा)सहित भेटी समेत हाल्न पुगे र याे क्रम अझै जारी छ।

याे क्रम जारी संगसंगै विस्तारै क्रम भङ्गता पनि हुन थालेको छ ।शान्तिको आभास हुनु पर्नेमा एकापसमा द्धन्द हुन थालेको छ ।द्धन्द किन हुन थाल्यो ।ईश्वरप्राप्तीको वाटोमा संगसंगै अगाडि बढेका पाइलाहरु विस्तारै पछाडि किन धकेलिन पुग्दै छन ?भन्ने कुराको पहिचान गरिएको छैन र हुन सकेको पनि छैन ।

हरेक शनिवार मन्दिरमा पुष्पगुच्छा सहित भेटी चढाउने मुल उद्धेश्य ब्यवस्थापन प्रभावकारिता दिर्घकालिन महत्व र यसको असरका सन्दर्भमा कोही कसैले एकले अर्कालाई सकरात्मक चिन्तनले सम्झाउने बुझाउने प्रयास गरिएको देखिदैन ।

एकापसमा एकता शान्ति सद्भाव र समभावको धागोमा समाजलाई डोर्याएर ईश्वर प्राप्तीको यात्रा पुरा गर्नु पर्नेमा यसलाई विषयान्तर गर्ने प्रयास मात्र भइरहेको देखिन्छ ।यसमा गल्ती कसको ? किन र कसरी भन्नु भन्दा पनि सबैले आफ्नो दायित्व र कर्तब्य के हो भन्ने बुझ्नु जरुरी छ ।हामी कुन उद्धेश्यले कुन विषयमा छलफल हुन जम्मा भएका हौ भन्ने ज्ञानवोध गरेर विषय केन्द्रित छलफलमा एकिकृत हुनु पर्छ ।

छलफल हुनु पर्ने विषयमा क्षेत्रधिकार वाहिरका विषयमा प्रवेश गर्नाले उद्धेश्यले मूतरुप लिन सक्दैन।यस्तो प्रबृत्तिले एकापसमा द्धन्द भई शान्ति र सदभाव भड्कनेमा दुईमत छैन ।अहिले भएकाे पनि यहि हाे ।

हाम्रो मानवीय स्वभाव नै भन्नु पर्छ मौका परेको बेला दुई चार जना जम्मा भएको बेला एउटा विषयमा छलफल हुनु पर्नेमा विषयान्तर गरेर सबैमा द्धन्द सृजना गर्ने यो कति जायज अजायज ?ज्ञानको स्रोत हाम्रो जीवनमा नहुन्जेल त हामी अज्ञानी भएर अलमलिन बाहेक अरु के पो गर्न सक्छौ र ? अर्को कुरा यो हो कि के त्यो स्रोतको निर्माण गर्नुपर्छ कि पहिले देखि नै बनिबनाउ रुपमा छ ?हामी मनुष्यको प्रकृति ज्ञानी हुनु हो कि अज्ञानी ?हाम्रो जीवनमा शान्ति छ अशान्ति ?यस्तो भनिरहँदा यो कुरा दुई भागमा विभाजित हुन्छ ।समाज अनि धर्म ।

धर्म अनेक प्रकारका छन्।ती धर्म भन्छन कि मानिस(मनुष्य) अज्ञानी छ ।यो मनुष्यको प्रकृति हो उ अज्ञानी हुनु ।उसलाई ज्ञान भर्न जरुरी छ ।समाजको भनाई छ मनुष्यलाई असल बनाउन हामीले नियम कानून बनाउनु पर्छ ।मनुष्यलाई तह लगाउन समाजले केही लगाउनै पर्छ ।तर प्रख्यात गुरु संतराज महाराज भन्नु हुन्छ “मनुष्य आफैमा असल छ,खरावी उसमा लागेको हो ।अत उसमा लागेको खरावी हटाउनु पर्छ ।

“जसमा लुगा मैलो भएपछि त्यसलाई धाईन्छ ।तर त्यसमा त केबल मैलो लागेको थियो ।त्यसपछि कपडा आफै चम्किन्छ धोइए पछि ।त्यस्तै गरि मनुष्यको आत्ममा ज्ञानरुपी सफा जलले तृष्णा मेटेपछि मनमा भएको सबै मैलो धोएर सफा हुन्छ ।तर त्यो ज्ञानरुपी सफा जल तृष्णा मेटाउनको लागि कसरी प्राप्ती गर्न सकिन्छ भन्नेमा हामी लाग्छौ कि लाग्दैनौ यसैमा निर्भर गर्छ ।

जब हामी आफुभित्र भएको ईश्वर र शान्तिलाई बुझ्न सक्छौ चिन्न सक्छौ तब मात्र ज्ञानी बन्न सक्छौ ।मानिसलाई नभईनहुने खानेपानी शिक्षा, स्वास्थ्य जीवन्त हुनपर्ने आवश्यकता भित्र पर्छन ।विद्युत,सडक र संचार प्रबृद्धिको विकास विलासिता हो ।वदलिदो समयसंगै नयाँ युगको बृहत्तरित आवश्यकता भित्र विद्युत सडक र संचार विकास पर्छ ।

सहजता सुलभता छरितोको रुपमा बदलिँदा आवश्यकतामा पर्दै आएका सडक विद्युत र संचार पनि पछिल्लो समय आधारभुत आवश्यकतामा रुपान्तरित भएका छन ।तसर्थ भगवान भगवान जपेर भगवान प्राप्त हुनु हुदैन ।

यदि कसैको नाम ज्ञानी छ भन्दैमा उसलाई ज्ञान प्राप्त हुन्छ छ र ?त्यो त नाम मात्रै हो ।यदि कसैको नाम धनिराम छ भन्दैमा के तपाई ठान्नु हुन्छ उ केहि नगरिकनै धनी हुन्छ ?कयौ भिखारी छन जसको नाम धनीराम छ ।

आमाबुबाले नाम राखि दिए धनीराम तर उ धनवान नहुन पनि सक्छ ।जब सम्म नामअनुसारको ईश्वररुपी ज्ञान प्राप्ती गर्नसकिदैन तबसम्म नाम जपेर केही पनि हुदैन ।हामी ठान्छौ कि शान्ति ईश्वर भनेर जप्यो भगवानतर्फ हात जोड्यो मेरो कर्तब्य सकियो ।

सर्वप्रथम हामीले म को हुँ मेरो कर्तब्य के हो मेरो कर्म के हो भनेर बुझ्नु र आफुले आफुलाई नै चिन्न सक्नु पर्छ ।जब सम्म म को हुँ भनेर आफुलाई चिन्न सकिदैन तब सम्म ज्ञानरुपी ईश्वर प्राप्त गर्न सकिदैन ।विश्बशान्ति दूत तथा प्रबक्ता प्रख्यात प्रेमरावत भन्नु हुन्छ शान्ति र ईश्वर मानिस भित्रै छ ।

ईश्वर र शान्ति खोज्न टाढा जानु छैन ।अशान्ति खोज्न र राक्षसरुपी दानव खोज्न पनि टाढा जानु छैन हामी भित्रै छ ।सृष्टिकर्ताले हामीलाई दिएको जीवन अमुल्य छ ।त्यसैले जीवनको सास्वत महत्व बुझ्नु जरुरी छ ।हामीले हामी भित्र रहेको शान्ति र ईश्वरलाई बुझ्ने चिन्ने एैसाहस गर्ने प्रयास गर्यौ भने र सोही अनुरुप कार्य गर्यौ भने ईश्वर प्राप्ती र शान्ति प्राप्ती हुन्छ ।

तर हामीमा रहेको ईश्वर र शान्तिलाई लत्याएर राक्षसरुपी दानव र अशान्तिलाई पक्षपोषण गर्दै मलजल गर्यौ भने हामी दानवी ब्यवहारमा उत्रन्छौ र अशान्तिको वाटोमा लाग्छौ ।समाज भड्काउने समाजिक सदभाव खलबल्याउने कार्यमा उद्दत हुन्छौ ।

उनै राक्षसी दानवी उच्श्रृङखलमा लागेकाले समाजमा सम्मान र समानताको कुरा उठाउँछौ के यो न्यायसंगत होला ?मानव आफैमा स्वार्थी हुन्छ ।

जो समाजमा मठमन्दिरमा मेला भेलामा अलि टाठोबाठो हुन्छ दुई चार अक्षर पढेको र देश दुनिया डुलेको केहि बुझेको पनि हुन्छ ।उसले गाउँघरमा अगुवाई गर्दा गाउँ एकता समाज रुपान्तरणको विषयमा निर्णय गर्दा के कसरी फाइदा लिन सकिन्छ भनेर आफुअनुकुल निर्णय लिन्छ र लिने गरेको पाइन्छ ।

जसले सामाजिक एकता सदभाव र धार्मिक सहिष्णुतामा गम्भिर असर परिरहेको हुन्छ ।हाम्रो समाजमा पनि भएको यहि हो ।यसर्थ हाम्रो लक्ष्य उद्धेश्य र दिर्घकालिन समस्या समाधानको लागि आत्मियता हार्दिकता सहितको आभार ब्यक्त गर्नु पर्छ ।समाजमा गरिने निर्णय कोही कसैप्रति पुर्वाग्रही हुनु हुदैन ।

समान र सर्बसम्वत एवं सबैको हितकारी हुनु पर्छ ।भन्छि निर्णयले मात्र कुनै अर्थ राख्दैन जब सम्म प्रभावकारी र लक्षित समुहले भित्रैदेखि महशुस हुने गरी कार्यान्वयन हुदैन ।

अन्तमा हाम्रो आस्था हाम्रो जीवन हाम्रो सम्पती हाम्रो गौरव अनि राष्ट्रको पहिचान श्रीवालात्रिपुरासुन्दरी भगवती मन्दिरमा चोरी हुँदाको समयमा हराइएकी योगमायाको(शिला) प्राप्तीमा बाहिरी आडम्बरी देखावटी समाजको लाजगाजले होइन हामी भित्र रहेको हृदयरुपी आत्म देखि एकमन एकचित्तले एकाग्र तनमनले लाग्नु जरुरी छ।

कोही कसैको लागि नभई आफु आफ्नो परिवार गाउँ समाज जिल्ला र राष्ट्रको लागि मनन् गरेर आस्था र विश्वास रुपी छलस्थित सिहंराज र गल्ली अनि त्रिपुराकोटस्थित बाबिरो र धामाघाडी लगायतका मान्य पुज्यका देवताले मार्गदर्शन गरेको मार्गमा हिडयौ भने एक दिन अवश्य शिला प्राप्ती हुने छ ।भनिन्छ नी धैर्यता संयमता विश्वनीयता र पटक पटकको असफलता सफलताको आधारस्तभ हुन ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!