ताजा समाचार

निर्माण पुरा नभएका मोटरेवल पुल उद्घाटन, सवारी चालक र यात्रुलाई सास्ती कायमै 

डोल्पा,मङ्सिर १४ गते ।यहाँको  त्रिपुरासुन्दरी नगरपालिकामा निर्माण पूरा नहुदै तीन ओटा  साना माेटरेवल पक्की पुलकाे उद्घाटन गरिएपनि सवारी  चालक र पैदल यात्रीले ब्यहाेर्दै आएकाे सास्ती अझै हटेकाे छैन ।

निर्माणकार्य सम्पन्न नहुदै  २०८० असाेज २६ गते सस्ताे लाेक प्रियताकाे का लागि तामझामका बीच माेटरेवलकाे उद्घाटन गरिएकाे थियाे ।

प्रधानमन्त्री रोजगार याेजनाको १ करोड ५२ लाख र नगरपालिकाको ६० लाख गरि कुल २ करोड १२ लाखमा  ३ वटा पक्की साना  मोटरेवल पुलकाे निर्माण गरिएकाे भनिएपनि पुलहरुकाे निर्माण कार्य अझै बांकी छ ।

त्रिपुरासुन्दरी नगरपालिकाको वडा नं १ स्थित गल्लीगार्ड, वडा नं ७ मापर्ने तामेगार्ड र वडा नं ९ मा पर्ने चुँ गार्ड  खोलामा निर्माण गरिएका माटरेवल पुल जिल्लाका विभिन्न निकायलाई निमन्त्रणा गरि रिवन काटेर उद्घाटन गरिएका  पुलमा आवतजावतकाे समस्या उस्तै छ ।

वडा नं. ७ मा पर्ने तामेगार्ड खाेलामा निर्माणधीन माेटरेवल पुल त्रिपुराकाेट देखि छल गाउँ, पाहाडा, रावतवाडा, दागिना, खालिवन, वन्तडी हुँदै जगदुल्ला र छिमेकी जिल्ला जुम्ला सम्म जाेड्ने सडकमार्ग पर्दछ।

उता मुहु गाउँ नजिकैको सडकमा पहिराेले अवरुद्ध गर्दा वन्तडी हुँदै जगदुल्ला,जुम्ला जाने यात्रु तामेगार्ड पाहाडा हुँदै आवतजावत गर्ने गर्दछन। उद्घाटन गरेकाे साढे एक महिना बितिसक्दा पनि उक्त माेटरेवल पुल संचालनमा ल्याउने तर्फ सम्बन्धित नगरपालिकाका जनप्रतिनिधिको ध्यान पुग्न सकेकाे छैन ।

माेटरसाइकल  चालक रणविर महताराले पक्की पुल बनेर उद्घाटन भई संचालनमा आएकाे सुनेकाे थिए तर पुल निर्माकाे काम अधुरै रहेछपहिलेकाे जस्तै खाेलामा जाेखिम माेलेर बाइक हाल्नु पर्ने बाध्यता उस्तै भएकाे बताए ।

जनताले काम गरेर खानु पर्नेमा रोजगार याेजनाको रकममा जनप्रतिनिधिले आफुखुशि मनलाग्दाे गरि  आन्तरिक सेटिङ्मा ठेक्का मार्फत काम गरेकाे भन्दै जनस्तरबाट चर्काे  बिराेध समेत भएकाे थियाे ।

तपाइको प्रतिक्रिया