डोल्पा, असार — हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिका–२ मा निर्माण सम्पन्न धनेली चौर स्टिल ट्रस पुलको सार्वजनिक परीक्षण, समिक्षा सुनुवाइ र समुद्घाटन एकैपटक सम्पन्न भएको छ।
गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भानुभक्त बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुलको प्राविधिक परीक्षणदेखि लागत विवरण, जनस्रोतमार्फत सम्पन्न कामको सार्वजनिक सुनुवाइसम्म गरिएकाे छ
🔹 तीन पक्षीय सहयोगमा सम्पन्न पुल
पुलकाे सम्झौता २०८०/१ चैत २२ गते उपभोक्ता समिति र गाउँपालिकाबीच सम्झौता भएको सो पुल २०८२ जेठ मसान्तमा सम्पन्न भएको हो। कूल लागत ३६ लाख ३३ हजार ५ सय ७८ रुपैयाँ ४५ पैसा रहेको यस योजनामा:
गाउँपालिकाको साझेदारी: रु. ४ लाख ७२ हजार ३ सय ६५ रुपैयाँ २० पैसा
संघीय सरकार (झोलुङ्गेपुल क्षेत्रगत कार्यक्रम सशर्त अनुदान): रु. ३० लाख ८८ हजार ५ सय ४१ रुपैयाँ ६८ पैसा
जनश्रमदान: रु. ७२ हजार ६ सय ७१ रुपैयाँ ७५ पैसा
रहेको छ। हालसम्म ८ लाख ४६ हजार ३ सय १८ रुपैयाँ खर्च भइसकेको र बाँकी झण्डै ७ लाख रकम अन्तिम बिल र प्राविधिक प्रतिवेदनपछि निकासा हुने जानकारी कोषाध्यक्ष सिर्जना ऐडीले दिइन्।
🔹 पारदर्शी व्यवस्थापन र सहभागितामूलक निर्माण
पुल निर्माणमा गरिब तथा दलित उत्थान सेवा समिति डोल्पाको प्राविधिक सहयोग र सहजीकरण रहेको थियो। पुल निर्माणबाट ८३ घरधुरी अर्थात् ४०५ जनसंख्या (जसमध्ये २०९ जना महिला) प्रत्यक्ष लाभान्वित हुनेछन्।
पुलको लम्बाइ ३२ मिटर र चौडाइ १.३० मिटर रहेको छ। प्रतिमिटर लागत ११३५४९ रुपैयाँ पर्न गएको छ। पुल निर्माण लागत विवरण यस प्रकार रहेको छ:
स्टिल पार्टस खरिद तथा ढुवानी: रु. १८ लाख ५५ हजार ७ सय ९८
गैरसरकारी संस्था परिचालन खर्च (भ्याटसहित): रु. १ लाख ८५ हजार ९ सय ३६
कार्यालय सञ्चालन खर्च: रु. ७२ हजार ४ सय १९
उपभोक्ता समिति मार्फत अन्य खर्च: रु. १५ लाख १९ हजार ४ सय ३३
गरिब तथा दलित उत्थान सेवा समितिका संस्थापक अध्यक्ष रणबहादुर कार्कीले पुलकाे लागत सुरुमा प्रस्तुत गरेका थिए भने, आयव्यय विवरण सचिव शैलेस पुन र कोषाध्यक्ष सिर्जना ऐडीले सार्वजनिक गरे।
🔹 सामुदायिक गर्व र प्राविधिक उपलब्धि
यस पुलले गाउँका दुर्गम बस्तीलाई आपसी आवतजावत, बजार पहुँच, स्वास्थ्य सेवा र शैक्षिक सेवासम्म पहुँच सहज बनाउने अपेक्षा गरिएको छ। उद्घाटन सँगसँगै सामुदायिक गर्वको रूपमा यो परियोजना उदाहरणीय भएको सहभागीहरूले प्रतिक्रिया दिएका थिए।

डोल्पा न्यूज । ३ असार २०८२, मंगलवार ०१:५१