विष्णुप्रसाद देवकोटा
डोल्पा,मङसिर १६ गते ।
त्रिपुरा माद्यामिक विद्यालय काइगाउँका बालबालिकालाई न्यानो कपडा सहित शैक्षिक सामाग्री वितरण गरिएको छ ।
जगदुल्ला गाउँपालिकामा रहेको त्रिपुरा माद्यामिक विद्यालयका बालबालिकालाई काठमाण्डोस्थित लाईन्स क्लब ईन्टरनेशनलको आर्थिक सहयोग तथा हाइड्रो पावर जगदुल्ला गाउँपालिका र शेर्पा कन्स्ट्रक्सनको सहकार्यमा न्यानो कपडा सहित शैक्षिक सामाग्री वितरण गरेको हो ।
विद्यालयमा एक विशेष कार्यक्रमको आयोना गरि बालबालिकालाई सुईटर लगायतका न्यानो कपडा सहित शैक्षिक सामाग्री वितरण गरिएको हो ।
विद्यालयमा अध्यायनरत ३ सय ३६ विद्यार्थीलाई प्रति विद्यार्थी एक न्यानो सुईटर एक टोपी ६ कपि ६ पेसिन्ल एक डटपेन खाजासेट एक र विद्यालय एक जोर जुत्ता लगायत खेलकुद सामाग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक जयबहादुर बस्नेतले डोल्पान्युजलाई जानकारी दिनु भयो ।
लाईन्स क्लबका जिल्ला सल्लाहाकार राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको न्यानो कपडा सहितको शैक्षिक सामाग्री वितरण कार्यक्रममा प्रमुख अतिथी जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिं रोकाया जगदुल्ला हाइड्रो पावरका प्रमुख माधव प्याकुरेल र लाईन्स क्लबका संयोजक सुनिल श्रेष्ठ लगायत वडाअध्यक्षहरुको उपस्थिती रहेको थियो ।
विद्यालयका बालवालिकालाई जगदुल्ला गाउँपालिका अध्यक्ष नार्सि रोकाया जगदुल्ला हाइड्रो पावरका प्रमुख माधव प्याकुरेल र लाईक्लबका जिल्ला सल्लाहाकार राजकुमार श्रेष्ठ लगायतका न्यानो कपडा सुईटर सहित शैक्षिकसामाग्री वितरण गर्नु भएको थियो ।
न्यानो कपडा सहित शैक्षिक सामागी वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जयबहादुर बस्नेतलाई लाइन्स क्लब इन्टरनेशनल काठमाण्डौको लोगो प्रदान गरिएको थियो ।
क्लबको आर्थिक सहयोगवाट वितरित न्यानो कपडा सहितको शैक्षिक सामाग्रीले दलित अपाङ्ग आर्थिक विपन्न परिवारका बालबालिकालाई राहत पुग्नुका साथैशैक्षिक विकासमा थप सहयोग पुग्ने अपेक्षा गर्दै सहयोगी संस्थालाई विद्यालय परिवारवाट धन्यावाद ब्यक्त गरिएको छ।