ताजा समाचार

आगाेले सडकमा जमेकाे बरफ  पगाल्नु पर्ने डाेल्पालीकाे बाध्यता 

विष्णुप्रसाद देवकोटा

सुर्खेत ,पुस ९ गते ।विश्व २१ औँ सताब्दीमा पुगेकाे बर्तमान अवस्थामा पनि जमेकाे बरफले अवरुद्ध सडक खुलाउन आगाे बाल्नु पर्छ भन्ने सुन्दा जाे काेहीलाई अचम्म लाग्न सक्छ ।

तर याे सत्य हाे डाेल्पाकाे सदरमुकाम दुनैदेखि जगदुल्ला जाने सडक खण्डमा पर्ने कुच्चे भीरमा जमेकाे बरफ पग्लाउन सडकमै आगाे बालिएकाे हाे ।

हिमाली जिल्ला डाेल्पामा अत्यधिक जाडाे बढेसंगै जगदुल्ला गाउँपालिका-२ अन्तरगत पर्ने कुच्ची भीर नजिक सडकमा जमेकाे बरफ पगाल्न आगाे बाहेक अन्य विकल्प देखिदैन ।

जगदुल्लाका स्थानीय भास्कर बस्नेतले कुच्ची भीर नजिक सडकमा जमेकाे बरफ पगाल्न बरफ जमेकाे चारै दिशा तर्फ आगाे बालेर बरफ पगाल्दै गरेकाे भिडियो सामाजिक सन्जालमा पाेष्ट गर्नु भएकाे छ ।

उहाँले विकट जिल्लामा सडक खुलाउने अन्य उपाए नभएपछि आगाे बालेरै भएपनि जमेकाे बरफ पगालेर सवारी संचालन गर्नु परेकाे बताउनु भयाे ।

अकवरे कुच्ची भिर त्यसैमा सांघुराे र जाेखिमयुक्त सडकमा जमेकाे वरफले यात्रा झनै जाेखिम बनाउने गरेकाे छ ।यत्तिखेर  बरफ जमेपछि सडकमा जीप र ट्याक्टर गुड्न बन्द भएकाे छ ।जमेकाे बरफ आगाेले पगालेर भएपनि बाईकहरु भने आकलझुकल  संचालन हुने गरेकाे बताइएकाे छ ।

जगदुल्लाकाे समृद्धिकाे लागि सडककाे स्तरउन्नती र विस्तार गरि सहज यातायात तर्फ  स्थानीय सरकारले सम्बन्धित निकायमा सकारात्मक र प्रभावकारी पहलकदमी गर्न तर्फ ध्यान दिन जरुरी छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!