ताजा समाचार

जिल्लामै पहिलाे पटक त्रिपुरासुन्दरी नगरपालिकामा डिजिटल नागरिक वडापत्र

विष्णुप्रसाद देवकोटा

जिल्लामै पहिलाे पटक त्रिपुरासुन्दरी नगरपालिकामा डिजिटल नागरिक वडापत्र संचालनमा

ल्याइएकाे छ ।त्रिपुरासुन्दरी नगरपालिकामा डिजिटल नागरिक वडापत्र संचालनमा ल्याईएकाे हाे ।

नागरिकलाइ प्रबिधि मैत्री बनाई सेवा प्रवाहमा सहजता ल्याउन त्रिपुरासुन्दरी नगरपालिकाले डिजिटल नागरिक वडापत्र राखेर प्रबिधिको सुरुवात गरेको हो ।

सोमवार जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकायाले डिजिटल नागरिक वडापत्रको एक कार्यक्रमका बिच उद्धघाटन गर्नुभएसंगै डिजिटल नागरिक वडापत्र संचालनमा आएकाे छ ।

नगरपालिकामा समयसँगै बिकास भइ रहेको र नागरिकलाई प्रविधि मैत्री बनाई कामलाई छिटाेछरिताे सेवाप्रवाह गर्न  डिजिटल प्रबिधि प्रयाेगमा आएकाेमा  जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकायाले खुसि ब्यक्त गर्नु भयाे  ।

सरकारका हरेक निकायले यसैगरी नागरिकलाइ प्रबिधि मैत्री बनाउने र सूचना प्रदान गर्ने कुराको बिकास डोल्पामा गर्नुपर्ने भन्दै त्रिपुरा सुन्दरी नगरपालिकालाइ नयाँ कुराको थालनी गरेकोमा समन्वय प्रमुख रोकायाले धन्यवाद समेत दिनु भयाे ।

डिजिटल नागरिक वडापत्रमा नगरपालिकाले दिने हरेक सेवाहरुका बारेमा बुझिने गरी सरल तरिकले देखाइएको नगर प्रमुख जनचन्द्र रोकायाले बताउनु भयाे ।नागरिक वडापत्र संचालनमा ल्याइएसंगै  कुन सेवा कतादेखी र कहाँ गएर लिने भन्ने वारे सोधि रहन र अलमलमा नागरिक नपरुन भनेर वडापत्र राखिएकाे नगरप्रमुख राेकायाले बताउनु भयाे ।

निमित्त प्रमुख प्रशासकिय अधिकृत भिम बहादुर थापाले  पालिकाका नागरिकले कुन सेवा कसरी कुन शाखाबाट  र कति नम्बर कोठावाट लिन पाइन्छ भन्ने कुरा प्रष्ट रुपमा खुलाएर राखिएकोले नागरिकलाई सेवा लिन सहजता हुने बताउनु भयाे ।जन उत्तदायित्व तथा  जवाफदेही  सरकारको  अनुभुति  नागरिकलाई दिलाउने कार्यमा यसले सहयाेग पुर्याउने निमित्त प्रशासकीय अधिकृत थापाकाे भनाई छ ।

नगरपालिकाको प्रमुख प्रशासकिय भवनको मुल ढोका छेउमा डिजिटल वडापत्र राखेर नागरिकलाइ सूसुचित गरिएको छ । डोल्पाका ८ वटा स्थानीय तह मध्य डिजिटल नागरिक वडापत्र राख्ने त्रिपुरा सुन्दरी नगरपालिका पहिलो स्थानीय तह हो । 

त्रिपुरासुन्दरी नगरपालिकामा डिजिटल नागरिक वडापत्र लगायतका नगरपालिकालाइ प्रविधि मैत्री नगरपालिका बनाउने कार्यक्रम अनुसार नगरपालिकामा ईन्टरकम टेलीफोन सेवा ई हाजिर डिजिटल वोर्ड सहित प्रबिधि मैत्री बनाइएको छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!