ताजा समाचार

डाेल्पाे क्याम्पसकाे किर्ते सभाका आराेपि खलनायक सुवेदीले प्रमुखवाटै राजिनामा दिने

विष्णुप्रसाद देवकोटा

डाेल्पा,माघ २२ गते ।डाेल्पाे क्याम्पस ब्यवस्थापन समितिले दिएकाे ७२ घन्टे अल्टिमेटम सकिए  लगत्तै क्याम्पस प्रमुख धनन्जय सुवेदी डाेल्पा पुगेका छन ।

गएकाे  पुस ५ गते भएकाे भनिएकाे क्याम्पस सभामा उपस्थिति जनाएको निर्णय पुस्तिकामा क्याम्पस व्यवस्थापन अध्यक्ष सहित सदस्यकाे हस्ताक्षर किर्ते भएकाे भन्ने घटना बाहिरिएकाे थियाे ।

क्याम्पस ब्यवस्थापन समितिले क्याम्पस प्रमुख धनन्जय सुवेदीलाई ७२ घण्टे स्पष्टीकरण सहित हाजिर हुन भनेपछि सुवेदी आईतवार बेलुकी काठमाडौंबाट दुनै पुगेका थिए।

क्याम्पस ब्यवस्थापन समिति सहित प्रशासनलाई स्पष्टीकरण दिन डाेल्पा पुगेका सुवेदीलाई जिल्ला प्रशासनले क्याम्पसकाे प्रशासन कक्षमा नै साेधपुछकाे लागि दिनभर समय लिएपछि  उनले व्यवस्थापन समितिलाई स्पष्टीकरण बुझाउन सकेनन् ।

ब्यवस्थापन समितिले दिएकाे समय सिमा सकिएपनि डाेल्पा पुगेका प्रमुख सुवेदीले मंगलवार स्पष्टीकरण बुझाउने भनेपछि माघ २२ गते छलफलका लागि बसेकाे समितिले एक दिन थप समय दिएकाे डाेल्पाे क्याम्पस व्यवस्थापन समिति अध्यक्ष याेगेन्द्र बहादुर शाहीले बताए ।

क्याम्पस प्रमुख सुवेदी प्रशासनकाे निगरानीमा हुनुहुन्छ। आज दिनभर जिल्ला प्रशासनले क्याम्पसमै दिनभर साेधपुछ गर्याे ।

बेलुकी पख मात्र त्यहीँबाट छलफल आएर स्पष्टीकरण तयारी गरेर भाेली मात्र समितिलाई बुझाउने कुरा भएकाे छ क्याम्पस संचालक समितिका अध्यक्ष याेगेन्द्र बहादुर शाहीले बताए ।

उनले थपे “हाम्राे समय आज नै थियाे तर आज प्रशासनले समय लिएपछि हाम्राे समितिले मानवीय हिसाबले पनि भाेलि सम्मकाे लागि समय दिएका छाै `।

छानबिन पछि दाेसीलाइ कारबाही हुने प्रक्रिया सुरु भैसकेको हुनाले सबैको साझा शैक्षिक सम्पत्तिकाे रुपमा रहेकाे डाेल्पा क्याम्पसलाई अनाबश्यक नकारात्मक टिप्पणी नगर्न पनि क्याम्पस व्यवस्था समिति अध्यक्ष शाहीले आग्रह गरेका छन ।

क्याम्पस प्रति आफ्नाे  कुनै व्यक्तिगत तथा गलत नियत सहितकाे स्वार्थ नभएकाले अवकाे नेतृत्व संस्था जाेगाउने खालकाे ब्यक्तिलाई व्यवस्थापनकाे जिम्मेवारी दिने हिसावले छलफल भइरहेकाे पनि अध्यक्ष शाहीले खुलासा गरे ।

सामाजिक संजालमा क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष सहित पदाधिकारीहरुका बारेमा आएका टिकाटिप्पणी यथार्थ नभएकाे दावि समेत अध्यक्ष शाहीले गरे ।

डाेल्पा न्युजलाई स्राेतले दिएकाे जानकारी अनुसार क्याम्पस प्रमुख धनन्जय सुवेदीले स्पष्टीकरण मात्र नभई क्याम्पस प्रमुखवाटै  राजिनामा बुझाउने तयारीमा रहेकाे पनि बुझिएको छ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!