ताजा समाचार

५ वर्ष पछि डोल्पा–चीन सिमा नाका मोरिम्ला खुला,दुई देशका नागरिकले मनाए खुशियाली 

विष्णुप्रसाद देवकोटा

डोल्पा ।उपल्लो डोल्पाको उत्तरी क्षेत्रमा पर्ने मोरिम्ला नाका ५ वर्ष पछि खुला भएको छ ।यो मोरिम्ला नाका चीनको स्वशासित क्षेत्र तिब्बत र उपल्लो डोल्पाको प्रमुख सिमा नाका हो ।

यो सिमा नाका १७ साउन २०८१ मा खुला भएको हो ।विगतमा प्रत्येक वर्ष यो नाका १५ दिनको लागि खुला गरिदै आएकोमा कोभिड–१९ पछि मोरिम्ला मात्र नभएर क्याटो नाका समेत बन्द भएको थियो ।

उपल्लो डोल्पाका शे फोक्सुण्डो,डोल्पोबुद्द र छार्काताङसोङ गाउँपालिकाका स्थानीय लगायत छिमेकी देश चीनका बासिन्दाहरुको महत्वपुर्ण ब्यापारिक नाकाको रुपमा मोरिम्ला नाकालाई लिइन्छ ।

चीनको स्वायत्त क्षेत्र तिब्बतको झोङ्बा प्रान्त(प्रदेशं)का स्थानीय र उपल्लो डोल्पाका स्थानीयले सिमा नाका खुला भएको अवसरमा सार्वजनिक कार्यक्रम समेत गरेर खुशियाली मनाएका छन ।कार्यक्रमका दुई सिमा देशका नागरिकले आआफ्नो देशको संस्कृती झल्कने देश पहिचानका गित संगित र नृत्यहरु प्रस्तुत गरेको बताइएको छ ।

कोरोनाकाल पछि नाका बन्द भएपछि उपल्लो डोल्पेलीहरुको दैनिक जीवन कष्टकर बन्दै आएको थियो ।सिमा नाका खुलासंगै तिब्बती ब्यापारीले सिमा नाकामै ल्याएका खाद्यन्न नून तेल लुगालत्ता लगायत दैनिक उपभाग्यबस्तुहरु सस्तो मुल्यमा ल्याउन पाउने भएपछि उपल्लो डोल्पेलीमा खुशियाली छाएको स्थानीय पेमा छेवाङ डोल्पोले बताउनु भयो ।

सिमा खुलेको समय डोल्पेली ब्यापारीहरुले बहुमुल्य जडिबुटी यार्सागुम्बा समेत त्येहि लगेर बेच्ने गर्छन ।यार्सागुम्बाको विक्रीवाट प्राप्त हुने रुपिंयाबाट कम्तीमा एक वर्ष पुग्ने आवश्यक खाद्यन्न लत्ताकपडा किन्ने गर्छन ।जसले गर्दा उपल्लो डोल्पेलीको जीवनशैली सस्तो र सहज हुने गर्छ ।

पछिल्लो समय उपल्लो डोल्पाका स्थानीय तहमा सडक आन्तरिक पहुँचको  अवस्था विकासउन्मुख भएकाले मोटरसाईकल समेत तिब्बती ब्यापारीवाट सस्तो मुल्यमा खरिद गर्ने गरिएको छ ।भौगोलिक विकटताका बीच रहेको उपल्लो क्षेत्र सदरमुकाम दुनैदेखि टाढा छ ।

सदरमुकाम पुग्न उपल्लो डोल्पेलीलाई झण्डै एक साताको समय लाग्ने भएकाले हरेक ब्यापारिक दृष्टिकोणले तिब्बती सिमा बजार पुग्न सहज हुन्छ ।

सिमा नाका खुलाउनु अघि शे फोक्सुण्डो गाउँपालिका डोल्पोबु्द र छार्काताङसोङ गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष वडाअध्यक्ष र चीनको स्वायत्त क्षेत्र तिब्बतको झोङबा प्रान्त(प्रदेश) राज्यका प्रतिनिधिहरु बीच सिमा क्षेत्र मोरिम्लामा बसेर सिमावर्ती नागरिकको बैठक पछि सिमा खुला गरिएको पेमा छुवाङ भोटेले जानकारी दिनु भयो ।विगतमा सिमा पास विनानै सिमा क्षेत्र प्रवेश गर्ने गरिएको थियो ।

तर यो वर्ष देखि दुई सिमा क्षेत्रको सुरक्षालाई दृष्टिगत समेत गरि सम्बन्धित जिल्ला प्रशासनको सिमा पास अनुमति पत्रपछि मात्र सिमा प्रवेश गर्न पाइने निर्णय भएको पनि दुई सिमावर्ती पदाधिकारीको बैठकमा सहभागि पेमा छेवाङ भोटेको भनाई छ ।

सिमा सुरक्षा र अबैध गतिविधि हुन नदिनको लागि जिल्ला प्रशासनबाट दुई हजारको हाराहारीमा सिमा पास जारि भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिनु भयो ।उपल्लाे क्षेत्रमा स्थाई सुरक्षा पाेष्ट खडा गरिएकाे र परिस्थिति अनुसार ब्यापारीक माैसमलाई समेत मध्यनजर गरि सुरक्षाकर्मीले परिचालन गरिएकाे प्रशासनले जनाएकाे छ ।

उपल्लाे डाेल्पा सदरमुकामदेखि टाढाकाे दुरिमा रहेकाे र त्यहाका नागरिकले सदरमुकाम दुनै पुगेर सेवा प्राप्ति गर्न महंगो पर्ने भएकाले नेपाल सरकार गृहमन्त्रालयले उपल्लो डाेल्पेलीकाे लागि भएपनि चीन सरकारसँग बार्ता गरेर कम्तिमा वर्षमा दुई पटक सम्म सिमा नाका खुला गर्ने ब्यवस्थाकाे पहल गर्नु जरुरी छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!