पुर्ण सार्की:डोल्पा — नेकपा माओवादी केन्द्रले पार्टी विस्तार र संगठन सुदृढीकरण अभियानलाई तीव्र बनाएको छ। पार्टीले जिल्लास्थित स्थानीय तहमा पालिका स्तरीय कमिटी र भातृ संगठनहरूको सम्मेलनलाई तीव्रता दिएको छ। त्रिपुरासुन्दरी र ठूलीभेरी नगर कमिटीको ऐतिहासिक नगर अधिवेशनको अपार सफलतापछि जिल्लास्तरीय भातृ संगठनहरुको सम्मेलन सगै पार्टी निर्माण अभियानलाई निरन्तरता दिएको छ।
यही क्रममा सोमबार नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य काली चलाउनेको प्रमुख आतिथ्यमा वाईसिएल (योङ कम्युनिष्ट लिग) नेपाल डोल्पाको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले देविसर बुढाको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ। नवगठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा जगत बोहोरा, उपाध्यक्षमा सत्या बी.क., सचिवमा रूद्र बहादुर शाही, सहसचिवमा लंक बहादुर शाही, किस्मत कुमार शाही, बुद्धि बी.क., तथा कोषाध्यक्षमा पनिता बोहोरा चयन भएका छन्। यस्तै सदस्यहरूमा मेलिना पुन, मिना सिङ, सुन्तली थापा, सेरबहादुर बुढा, परिमल कुलाल, कमल बी.क., कृष्ण बुढा, सगुन बम ठकुरी, राजबहादुर शाही, सुरेन्द्र बोहोरा लगायत ४५ जनालाई समावेश गरिएको छ।
यसैबीच अखिल नेपाल महिला संघ क्रान्तिकारी डोल्पाको जिल्ला सम्मेलनले निर्मला बोहराको संयोजकत्वमा ३४ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ। टीका बुढाथोकी प्रमुख आतिथ्यमा नवगठित कार्यसमितिमा संयोजकमा बोहोरा सगै स-संयोजकमा चन्द्रकली बुढा, सचिवमा दन्ता शाही रहेका छन्। अन्य सदस्यहरूमा ललिता थापा, ममता बुढा, लालमती रोकाया, सरस्वती गीरी, अमला शाही, शान्ति शाही, भममाया उखेडा, कार्मा पुन, मुना शाही, कल्पना बुढा, पार्वती न्यौपाने केसी, अन्जु केसी, काली कार्की, मनसरी बस्नेत, देविका बस्नेत, धनसरा श्रेष्ठ, पासाङ ल्हामु बुढा लगायत छन्।

डोल्पा न्यूज । १५ बैशाख २०८२, सोमबार २१:३६