दुनै डोल्पा : भेरी करिडोर अन्तरगत जाजरकोट रुकुम र डाेल्पा जोड्ने सडक खण्डमा निर्माण भईरहेका र हुने पुलहरुको गतिलाई तिब्रता दिलाउने बिषयमा जिल्ला प्रशासन कार्यालय डोल्पामा सर्बपक्षिय छलफल भएकाे छ ।
नेकपा माओवादीका राष्ट्रिय सभा सदस्य नर बहादुर बिस्ट प्रदेश संसद तथा पुर्ब मन्त्री वीर बहादुर शाही लगाएत नेकपा माओवादीका जिल्लाका संयोजक धर्मजित बोहोरा ( विस्फोट ) लगाएतका नेता कार्यकताहरुको सहभागीतामा जिल्ला प्रशासन डोल्पामा छ्लफल गरिएकाे हाे ।
प्रमुख जिल्ला अधिकारी तुल्सीप्रसाद दाहालले डोल्पा जोड्ने पुलको लागि आफ्नो ठाउँ बाट बेलिब्रिच छिटो बनाउनको लागि निर्माण कम्पनिहरुसंग पहल गरिरहेको बताए ।
जिल्लाकाे भविष्य निर्माणकाे प्रमुख आधार मानिएकाे सडकस्तरउन्नति बेलिब्रिज र पक्की पुल निर्माणलाई छिटाेछरिताे रुपमा सम्पन्न गराउने कार्यमा समय समयमा रचनात्मक दवाव दिन र सम्बन्धित निकायमा पहल गर्ने कार्यमा डाेल्पाली सांसद मन्त्रीहरुवाट ढिलाई भएकाे प्रजिअ दाहालकाे भनाई थियाे ।यस्तै गरेर रुपगार्डको पुल निर्माणको लागि पनि पहल र समन्वय गरिरहेको दाहालले बताए ।
रास्ट्रीय सभा सदस्य नर बहादुर बिष्टले निर्माण कम्पनीको जिम्मेवार ब्यक्ति या पेटि ठेकेदारलाई समन्वय गरेर तत्काल बेलिबृजका कामहरु सम्पन्न गराउने काममा तदारुकता देखाउन प्रजिअ लाई निर्देश गरे ।
बिष्टले बेलिबृज निर्माणका लागि नेकपा माओवादी पार्टी पनि लागि पर्ने भएकोले नेता कार्यकर्ताहरुलाई सहजिकरण गर्न आग्रह गरे । मुड्केचुला गाउपालिका वडा अध्यक्ष बिष्णु बुढाले बेलि बृज बन्न नदिनु र हिम पाईप हाल्न नदिनको कारण केही ब्यक्तिको निहित स्वार्थको लुकेकाे बताए ।
प्रदेश मानिय तथा पुर्ब मन्त्री वीर बहादुर शाहिले आफुले आफ्नो ठाउँ बाट पहल गरेकोले सबै लागि पर्न आबश्यक रहेको बताए । शाहिले पुल भाचिएको एक बर्ष हुदा पनि निर्माण कम्पनीले पुल निर्माण अहिलेसम्म नगर्दा अब कार्बाहिको प्रक्रिया आगडी बढाउन डोल्पाका प्रजिअ र सुरक्षा प्रमुखलाई निर्देशन गरे ।
रुपगार्ड पुल र त्रिबेणि पक्की पुलका निर्माण कम्पनिका जिम्मेवार ब्यक्तिलाई कार्बाही प्रक्रियामा जान प्रजिअलाई आग्रह गरेका छन ।