ताजा समाचार

जिल्ला प्रहरी कार्यालय डाेल्पाकाे  नागरिक सुनुवाई कार्यक्रम सम्पन्न 

डोल्पा,पुस २९ गते ।जिल्लाको शान्ति सुरक्षा सुशासन लगायत अपराध नियन्त्रणको अवस्था सन्तोषजनक रहेको दावी प्रहरीले गरेको छ ।

शान्ति सुरक्षा सुशासन र अपराध नियन्त्रणमा प्रहरीले खेलेको भूमिका र जिल्लाको मानवअधिकारको अवस्थाका बारेमा सर्वसाधारणलाई सुसूचित गर्ने उद्ेश्यले गरिएको नागरिक सुनुवाई कार्यक्रममा प्रस्तुत तथ्याङ्घमा उक्त दावी गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय आयोजक र जिल्ला प्रशासन कार्यालय डोल्पा सह आयोजक रहेको कार्यक्रममा प्रहरी नायव उपरिक्षक शिब बुढाथोकीले जिल्लाको शान्ति सुरक्षा सुशासन लगायत अपराध र लागुऔषध नियन्त्रणका लागि भएगरेका कार्यहरुको प्रगती विवरण प्रस्तुत गरेका थिए ।

एघार महिनाको अवधिमा भवितब्य ज्यान तर्फ ५ जवरजस्ती करणी तर्फ ५ अभद्र ब्यवहार तर्फ ९ ज्यान मार्ने उद्योग १ हातहतियार तर्फ १ र बहु विवाह तर्फ १ जवरजस्ती करणी उद्योग तर्फ १ सवारी ज्यान तर्फ १ डाँकाचोरी तर्फ १ कर्तब्य ज्यान तर्फ १ अपहरण शरिर बन्धक मानव बेचबिखन ओसारपोसार ज.ज.क तर्फ १ गरेर जम्मा ११ ओटा मुद्दा परेकोमा अनुसन्धान गरी कारवाही अगाडि बढाइएको बताए ।

पालिका स्तरमा सबैभन्दा बडि मुद्दा ठुलिभेरीनगरपालिकाबाट पर्ने गरेको र सबैभन्दा बढि अपराधिक घटना असाढ महिनामा हुने गरेको समेत प्रनाउ बुढाथोकीले दिए ।यसैगरी अपराधीक क्रियाकलापमा सबैभन्दा बढि २६ देखि ३० वर्ष उमेर संलग्न रहने अनुसन्धानले देखाएको छ ।

त्यसै गरी एक वर्षको अवधीमा जिल्ला प्रहरीमा परेका ठाडो निवेदनको संख्या १ सय ६५मध्ये १ सय २२ ओटा मिलापत्र भईसकेको र ४३ ओटा निवेदनहरु माथि अनुसन्धान भई कारवाहीको प्रकृयामा रहेको समेत कायक्रममा प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए ।

समाजमा अपराधबा घटनाहरु बढ्ननदिन समुदाय साझेदारी कार्यक्रम अन्र्तगत जिल्ला प्हरी कार्यालय मातहत विभिन्न प्रहरी एकाईहरुले जनचेतनामुलक कायक्रमहरु लालटिन कार्यक्रम अन्र्तगत समति गठन लगायतका कार्यक्रम गर्दै आएको समेत कार्यक्रममा बताइएको छ ।

नेपाली नागरिकताको सर्जमिन मुचुल्का प्रमाण पत्र हराएको सिफारिस घरघरमा स्ट्रिकर टाँस विपद् सम्बन्धि मुचुल्का स्वदेशी तथा विदेशी नागरिकको उद्दार पीडितहरुको टेलिफोन मार्फतको गुनासो सम्बोधन लगायत विभिन्न पालिकामा भइपरि आएका भवितब्य सम्बन्धि घटनाहरु लगायत मठमन्दिर मेलापातमा सुरक्षा ब्यवस्थामा सहजीकरण गर्ने गरिएको समेत कार्यक्रममा बताइएको छ ।

भौगोलिक विकटता स्थानीय जनप्रतिनिधिहरुमा फौजदारी कसुर सम्बन्धिको ज्ञाननहुनु जसले गर्दा जघन्य अपराधका घटनालाई समेत मिलापत्र गराउने प्रयास गर्नु जिल्लाको माथिल्लो तिब्बतसंग सिमा जाडिएकाले स्थाई सुरक्षा नहुँदा सिमा क्षेत्रमा अपाराधिक गतिविधि बढ्ने गरेको बताए ।

कमजोर आन्तरिक सडक सन्जाल धार्मिक सासस्कृतिक रितीरिवाज र विधि पद्दती र प्रकृयाको अवज्ञा गर्ने प्रबृति शान्ति सुरक्षा र सुशासनको लागि प्रमुख चुनौती रहेको समेत जिल्ला प्रहरी प्रमुख बुढाथोकीले बताए ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले अनेत्र जिल्लाको तुलनामा डोल्पामा अपाराधिक घटना भवितब्यका घटना र लागुऔषधका घटना संख्यात्मक हिसावले कम भए पनि भरसक त्यस्ता घटना नहुन भन्ने कानुनी मान्यता रहेको बताए ।

आफुले डोल्पाली समुदाय खुशि समुदायको रुपमा पाएको उल्लेख गर्दै डोल्पालीहरुको सोझोपनको फाइदा अरुले लुटिरहेको र डोल्पा आफैमा प्राकृतिक धार्मिक ऐतिहासिकका साथै पुण्यभुमि समेत रहेको प्रजिअ दाहालको भनाइ थियो ।

अपाराधिक घटनामा समेत मिलापत्र गराउने प्रचलन हुनु घटनालाई प्रोत्साहन गर्नु सरह भएकाले गल तगर्नेलाई दण्डित गर्नु पर्ने बताउदै आफु आएदेखि जाजरकोट डोल्पा सडक जोड्ने तल्लुबगरस्थित बेलिब्रिज पुलर रुपगाडखोलामाथिको अलपत्र पुल निर्माणमा ताकेता गाडीभाडा नियन्त्रण तथानिगरानीमा जोड दिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

नागरिक समाजका अध्यक्ष शेरबहादुर बुढाले बर्षभरीको प्रगती एकैचोटी सार्वजनिककरण गरिने कार्यालयका कार्यक्रम कम्तिमा बर्षको तिन पटकगर्नु पर्ने आफुहरुको माग रहेको बताए ।

विगत बर्तमान रभविश्यमा के गर्न सकिन्छ भन्नेमा कुनै कार्ययोजना नबनाएरै हचुवाको भरमा वर्षभरी भएगरेका कार्य एकैचोटी प्रस्तुती गर्ने सरोवारवालको क्रिया प्रतिक्रिया विनानै तालि बजाउने प्रबृतिले नयापनको आभास नहुने भएकाले त्यस तर्फ गम्भिररुपले सोच्न आग्रह गरे ।

स्थानीयतहका जनप्रतिनिधिहरुमा आफ्नो जिम्मेवारी पुरानगर्ने जवाफदेहिताबाट भागिरहने प्रबृतिले गर्दा नपाउनेले केरा पायो बोक्रासंगै खायो भन्ने उखान स्थानीय जनप्रतिनिधिमा चरितार्थ भएको समेत नगारिक समाज अध्यक्ष बुढाको भनाइ थियो ।

स्थानीय जनप्रतिनिधि अस्थाई सरकार भएकाले स्थाई सरकार मानिने कर्मचारी प्रति जनताको भरोसा हुने भएकाले हामीले यी यी प्रयास गरिरहेका छौ छिट्टै हुन्छ भनेर स्थाई सरकारले नागरिकलाई भन्नु भन्दा पनि यो यो काम हुनछ गछौ भन्ने जस्ता परिणाम दिनु पर्ने समेत नागरिक समाज अध्यष बुढाले बताउनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेसका पार्टी सचिव हिक्मत शाही ठुलिभेरीनगरपालिका–८ का वडाअध्यक्ष मनराम ठकुल्ला नेकपा माओवादीका नेता तथा अभियान्ता ओमेन्द्र केसीले सवारीसुरक्षाचेकजाँचमा कडाई गरिनु पर्ने बढ्दो बालविवाहलाई न्युनिकरणमा लाग्नु पर्ने सदरमुकाम दुनैबजारमा ब्यापारीहरुले सडक अतिक्रमण गरि सामानहरु छरपष्ट राख्दा सडकजोखिम बढेकाले हटाउन तर्फ सबै लाग्नु पर्ने नागरिक सुनुवाई भनिएको कार्यक्रममा बास्तविक नागरिकलाई आमन्त्रण गर्नु पर्ने लगायतका विषयमा सुझाएका थिए ।

नागरिक सुनुवाई कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख कार्यालयका प्रमुख नागरिक समाजका प्रतिनिधि र संचारकर्मिको बाग्लो उपस्थिती थियो ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!