डाेल्यपा,फागुन २० गते ।स वर्षकाे माध्यमिक शिक्षा परीक्षा (एसईई)सन्चालनका लागि जिल्लाबाट चार वटा परीक्षा केन्द्रहरु सिफारिस गरिएकाे छ ।जिल्लामा गठित परीक्षा समन्वय समितिको बैठकले उक्त एसईई परीक्षा सञ्चालनमा लागि जिल्लाबाट चार वटा परीक्षा केन्द्र सिफारिस गरिएको हो।
शिक्षा विकास तथा समन्वय एकाइकी सृजना केसीले समितिले जिल्लाका १५ वटा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि जिल्लाभर चार वटा माध्यमिक विद्यालयमा परीक्षा केन्द्र सञ्चालनका लागि सिफारिस गर्ने निर्णय गरेको बताईन ।
समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सन्ताेष दाहालकाे अध्यक्षतामा बसेको बैठकले सो सिफारिस गर्ने निर्णय गरेको हो ।
यसरी एसईई परीक्षा सञ्चालनका लागि परीक्षा केन्द्र सिफारिस गरिएका विद्यालयहरुमा त्रिपुरासुन्दरी नगरपालिका -१० मा रहेकाे जनप्रभा माध्यमिक विद्यालय जगदुल्ला गाउँपालिका-२ काे त्रिपुरा माबि काईगाउ ठुलिभेरीनपा-३ दुनै स्थित सरस्वती माबि र ७ मा रहेकाे आदर्श माबि जुफाल रहेका छन ।
याे वर्षकाे माध्यमिक शिक्षा परीक्षा एसईई २०८० चैत १५ देखि २७ गते सम्म संचालन हुने शिक्षा विकास तथ समन्वय एकाइकी सृजना केसीले डाेल्पान्यूजलाई जानकारी दिइन ।