ताजा समाचार

डाेल्पाकाे दुनैमा खानेपानीको अभाव हुंदा  स्थानीय सास्तीमा

पुर्ण सार्की

जिल्ला सदरमुकाम दुनैमा खानेपानीको अभाव हुँदा स्थानीयलाई सास्ती भएको छ ।

ठूलीभेरी नगरपालिका–३ दुनैमा हरेक वर्ष खडेरीको समयमा पानीको मुहान सुकेपछि खानेपानीको अभाव भएकाे हाे । यहाँ वर्षौ देखि खानेपानीको समस्या रहँदै आएको छ ।

जिल्लाका अधिकांश स्थानीय तहहरूले ‘एक घर, एक धारा’ भन्ने अभियान लिए पनि जिल्लाको सदरमुकाम दुनैमा विभिन्न मुहानबाट खानेपानीको आपुर्ति हुँदै आएको थियो ।

खडेरीको समयमा पानीको मुहान सुकेपछि अहिले पानीको समस्या देखिएको दुनै खानेपानी उपभोक्ता समितिका अध्यक्ष बबीकिशोर गुरुङले जानकारी दिए ।

प्रायजसो पानीको अभाव भईरहने दुनैमा खडेरीले गर्दा अझ बढी समस्या हुने गर्छ ।सदरमुकाममा बस्ती अनि बजारीकरण बढे सगै हाल पानीको अभाव रहेको उनले भने ।सदरमुकाममा बस्ती अनि बजारीकरण बढेसगै हाल पानीको अभाव रहेको तर मेयर ले भनेको जस्तो दुनैमा सुस्वाले कुनै काम नगरेको उनकाे भनाई छ ।

आफ्नाे पहलमा २ वर्ष अघि सुश्वा ले दुनैमा काम गर्ने भनेर बजेट छुट्याएकोमा नगरले सम्झौता नै नगरी फ्रिज फालेकाे बताउदै अहिलेसम्म दुनैको खानेपानीको लागि नगर ले सुस्वा मार्फत कुनै पनि काम नगरेको दावी गुरुङले गरे ।

गतवर्ष आफ्नै पहलमा खानेपानी कार्यालयमा संघ बाट ल्याएको बजेट नगर र समन्वय प्रमुख लगायत लागेर ठेक्कामा पठाउन लगाएकाे आराेप पनि अध्यक्ष गुरुङले  लगाए ।

खानेपानी सिचाइ तथा उर्जा विकास कार्यालयसँग कार्तिक/मंसिर महिनामा सम्झौता गरी समितिले काम गर्ने र दुनै को खानेपानी समस्या समाधान गर्ने भनी सब प्रक्रिया पूरा भइसकेकाे अवस्थामा अन्तमा आएर  जिसस प्रमुख र नगर प्रमुख लगायत एमालेका नेताहरुले हाकिमलाई थर्काएर ठेक्का खोल्न लगाएकाे गुरुङले बताए ।तर गत वर्ष ठेकेदारले याेजना अलपत्र पारेकाे र ठेक्का खाेल्दा बचेकाे रकमबाट अहिले समितिले कार्यालयसँग सम्झौता गरेर काम गरिरहेकाे खानेपानी समितिले जनाएकाे छ ।

अहिले पानीको समस्या हुँदा पिउने पानी देखि दैनिकी कपडा धुने र सरसफाइ गर्ने लगाएको प्रयोजनका लागि भेरी नदीको पानी प्रयोग गरिरहेको ठुलीभेरी नगरपालिका–३ की ४५ वर्षीया स्थानीय पवित्रा शाहीले बताईन। खानेपानीको अभाव हुँदा नदीको पानी पिउन पर्ने बाध्यता रहेको छ ।

बर्खाको समय सुरु भए सगै भेरी धमिलो देखिन थालेपछि अझ झन् समस्या हुने गरेको उनको भनाइ छ ।

सरकारले सदरमुकामका स्थानीबासीलाई पर्याप्त खानेपानीको सुविधा पुर्याउन नसक्नु दुःखको कुरा भएको  स्थानीय २५ वर्षीया सिर्जना विकले गुनासो गरे । स्थानीयबासीले वर्षा तथा गर्मी दुबै समयमा खानेपानीको समस्या लामो समयदेखि भोग्दै आएको उनले बताए ।

अहिले सदरमुकाममा पानीको समस्या समाधान गर्न ठुलीभेरी नगरपालिकाले सुस्वा परियोजना मार्फत योजनाको काम अगाडि बढाएकाे  नगर प्रमुख सुवर्ण बुढाले जानकारी दिए ।

योजना निर्माणको काम सम्पन्न भए लगत्तै सदरमुकाममा खानेपानीको समस्या समाधान हुने उनको भनाइ छ ।

सदरमुकामा खानेपानीको समस्या लामो समयदेखि रहँदै आएको र यसलाई समाधान गर्न नगरपालिका लागि परेको छ । सदरमुकाममा रहेका सरकारी कार्यालयहरूमा पनि गर्मीको समयमा प्रत्येक वर्ष खानेपानीको अभाव हुने गरेको उनले बताए ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!