ताजा समाचार

त्रिपुराकाेटस्थित दैविक शक्ति बाेकेकाे बटुक भैरवकाे ऐतिहासिक खरिककाे रुख ढल्याे

विष्णुप्रसाद देवकोटा डाेल्पा । आद्यशक्ति श्रीबालात्रिपुरासुन्दरी भगवती मन्दिरकाे प्रमुख प्रवेशद्वार उन्मुख खौलानजिक बटुक भैरबमन्दिरमा रहेकाे पुरानाे ऐतिहासिक खरिककाे रुख ढलेकाे छ ।

बटुकभैरब मन्दिरकाे फेदसंगै जाेडिएकाे सदियाै पुरानाे खरिककाे रुख साेमवार राति ८ बजेकाे समयमा ढलेकाे हाे ।

बटुकभैरवकाे मन्दिर मन्दिरका पुजारी भुमिनन्द गाेसाई (गिरी) र संगै सटिएकाे स्थानीय माधवसि कठायतकाे घरकाे त्रिसांध मा रहेकाे बिस १११४ अघि देखिकाे सदियाै वर्ष पुरानाे ऐतिहासिक रुख ढलेकाे स्थानीय माधबसि कठायतले जानकारी दिए ।

धेरै समयअघिदेखि रुखकाे जरा सुकेर कतिबेला ढलेर मानविय र भाैतिक संरचना क्षेति गर्ने हाे भनेर चिन्तामा रहेका स्थानीय काेहि कसैलाई असर नपुर्याइ ढलेपछि साच्चिकै दैबिक शक्ति बाेकेकाे रुखकाे रुपमा मानेका छन ।

त्रिपुराकाेटस्थित बाबिराे मष्टा मन्दिरका डांग्रे माधवसि कठायतले डाेल्पान्युज डटकमलाई भने “कतिबेला याे रुख ढलेर क्षेति पुर्याउछ भन्ने चिन्ता थियाे रुखसंगै सटिएकाे घरभएकाले रातभर निन्द्रा पनि लाग्दैन थियाे तर रुख न भाैतिक संरचना नत मानवीय कसैले पनि क्षेति नपुर्याई ढल्याे ” ।

मन्दिरका पुजारी देबिकृष्ण न्याैपानेले बालात्रिपुरासुन्दरी भगवती र बटुक भैरबकाे शक्तिका कारण मानवीय र भाैतिक संरचना क्षेति नभएकाे उल्लेख गर्दै आफैपनि दुई घर एक मन्दिरलाई समेत छलेर रुख ढलेकाेमा अचम्म परेकाे बताए ।भगवती मन्दिरकाे स्थापना बीस १११४ मा भएकाे भनिएपनि भैरबबटुक मन्दिरकाे स्थापना र खरिककाेुख कहिले स्थापना भएकाे भन्ने अझ नखुलेकाे पुजारी न्याैपानेकाे भनाई छ ।

जप तप ध्यान र साधना ईश्वरीय शक्ति प्राप्तिका माध्यम हुन भन्ने सन्देश संगै ढलेकाे बटुक भैरब मन्दिरकाे खरिककाे रुखले आध्यात्मिक चिन्तन मन्थन र धार्मिक अनुष्ठानलाई जगर्ना गर्न मानव समुदायलाई चाेटिलाे सन्देश दिएकाे छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!