ताजा समाचार

सेनापतिद्वारा रास्वपा र दुर्गा प्रसाईंकाे प्रस्ताव:जेन–जी समुह सशंकित

काठमाडौं – जेन–जी आन्दोलनको नेतृत्व गरिरहेका युवालाई नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र आफूलाई अभियन्ता बताउने दुर्गा प्रसाईँसँग वार्तामा बस्न आग्रह गरेको खुलासा भएको छ।

जेन–जी पुस्ताका तर्फबाट बुधबार मात्र प्रधान सेनापति सिग्देलसँग छलफलमा सहभागी भएकी प्रतिनिधि रक्षा बमले यस्तो जानकारी दिएकी हुन्। उनका अनुसार सेनापतिले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्न बोलाएर रास्वपा र प्रसाईँसँग वार्तामा बस्न सुझाव दिएका थिए।

तर बमले उक्त प्रस्ताव अस्वीकार गर्दै आफूहरू सैनिक मुख्यालयबाट बाहिरिएको बताइन्। उनले अब प्रदर्शनरत जेन–जी समूहसँग छलफल गर्ने तयारी भइरहेको जानकारी समेत दिइन्।

‘राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाईँ र रास्वपा समूहसँग वार्ता गर्नुस्, उहाँहरू पनि स्टेकहोल्डर हुन् भन्ने कुरा स्वयम् प्रधान सेनापतिले भन्नुभयो। तर, जेन–जी आन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामीले त्यो प्रस्ताव अस्वीकार गर्दै सेनाको मुख्यालयबाट बाहिरियौँ,’ बमले भनिन्।

तपाईको प्रतिक्रिया