डाेल्पान्युज डेक्स
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा काईके गाउँपालिका पहिलो भएको छ ।
आर्थिक बर्ष ०७९/०८० मा डोल्पाको काईके गाउँपालिका स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन (LISA) मा कुल अंङ्कको ८३.२५ अंङ्क प्राप्त गरि डोल्पा जिल्लामा पहिलो भएको हो ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहिबार प्रकाशन गरेको उक्त तथ्याङ्कमा डोल्पामा सबैभन्दा राम्रो अंङ्क काईके गाउँपालिकाले प्राप्त गरेको पाईएको छ ।
अघिल्ला आर्थिक बर्षको तुलनामा अझै सुधार गर्दै काईके गाउँपालिकाले आर्थिक बर्ष ०७९/०८० मा जिल्लाभरमै राम्रो अंङ्क ल्यान सफल भएको हो ।
नगरपालिका तथा गाउँपालिकाको कार्य प्रकृया र उपलब्धीको लेखाजोखा गरी शासकिय प्रकृया तथा विकास ब्यवस्थापन गर्नुपर्ने सुधारका क्षेत्र पहिचान गर्ने,आवधिक समिक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकार विच स्वस्थ प्रतिशप्रधाको भावना जागृत गराउने उदेश्यले कार्यान्वयनमा रहेकाे स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) गर्ने गरेको हो ।
सोहि अनुसार आर्थिक बर्ष ०७९/०८० को नतिजा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहिबार प्रकाशन गरेको छ । यसरी प्रकाशन गरिएको नतिजा अनुसार डोल्पामा काईके गाउँपालिका पहिलो स्थानमा र ठुलीभेरी नगरपालिकाले कुल अंङ्कको ५९अंङ्क प्राप्त गरि अन्तिममा रहेको छ ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहिबार प्रकाशन गरेको नतिजा अनुसार डोल्पामा काईके गाउँपालिका ८३.२५ अंङ्क प्राप्त गरी पहिलो,शे-फोक्सुण्डो गाउँपालिका ८१.७५ अंङ्क सहित दोस्रो,त्रिपुरा सुन्दरी नगरपालिका ७९.७५ अङ्क सहित तेस्रो भएकाे छ ।
यस्तै गरि,मुड्केचुला गाउँपालिका ७९.५० अंङ्क सहित चौथो,जगदुल्ला गाउँपालिका ७८.५० अंङ्क सहित पाँचौ,डोल्पोबुद्ध गाउँपालिका ६९.७५ अंङ्क सहित छैटौ,छार्का ताङसोङ गाउँपालिका ६४.५० अंङ्क सहित सातौ र ठुलीभेरी नगरपालिका ५९.०० अंङ्क अन्तिम आठौँमा रहेको छ ।
संघियताको सुरुवातका केहि बर्षमा पुछारमा रहने गरेको काईके गाउँपालिका आर्थिक बर्ष ०७९/०८० मा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा पहिलो बन्न सफल भएको छ ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बर्ष भरि स्थानीय तहहरुले गरेको कामको मुल्याङ्कन गर्ने एक माध्याम स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) भएको र यो नतिजा आउनमा कर्मचारीको महत्वपूर्ण भुमिका रहेको काईके गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत सम्झना पराजुलीले बताउनु भयाे ।
पराजुलीका अनुसार कर्मचारीले भने अनुसार काम गर्नुका साथै जनप्रतिनिधिले सकरात्मक सहयाेग सुझाव हुदै हुने गरेकाले काईके गाउँपालिका संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा पहिलो बन्न सफल भएको हाे ।
आर्थिक बर्ष ०७९/०८० मा काईके गाउँपालिका पहिलो स्थानमा पुगेकोमा निकै खुसि भएको काईके गाउँपालिका अध्यक्ष अंगद रानाले बताउनु भयाे।
जनताको अपेक्षा अनुसार काम गरेर सेवा प्रदान र कर्मचारीहरुको काम गर्ने मनोभावनाको कदर गर्दै जादा आज काईके गाउँपालिकाले उत्कृष्ट नतिजा हाँसिल गरेकोमा अध्यक्ष अंगद रानाले कर्मचारी सबैलाई धन्यबाद ब्यक्त गर्नु भएकाे छ ।
जनप्रतिनिधिले वा जनताले मात्रै गरेर सम्भब छैन कर्मचारी लगनशिल उर्जावान गर क्षमतावान भए स्थानीय तहमा विकास सहजै हुने गाउँपालिका अध्यक्ष रानाको बुझाई रहेको छ ।