ताजा समाचार

आज ०८२/0८३ काे आर्थिक बजेट सार्वजनिक हुदै

डोल्पा, जेठ १५ — विष्णु पौडेलद्वारा १८ खर्ब हाराहारीको बजेट सार्वजनिक हुँदै छ ।

संविधानले तोकेको समयसीमाअनुसार, नेपाल सरकार आज जेठ १५ गते आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गर्न तयार भएको छ। संघीय संसद्‍मा दिउँसो ३ बजे बजेट प्रस्तुत गरिने कार्यसूची तय भए तापनि प्रमुख प्रतिपक्ष लगायतका दलहरूले संसद अवरुद्ध गरिरहेकाले बजेट भाषण समयमै हुन पाउने वा नपाउने अन्योल उत्पन्न भएको छ।

वित्तमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्न लागिएको बजेटको पूर्ण तयारी भइसकेको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार आगामी वर्षका लागि करिब १८ खर्ब रुपैयाँ हाराहारीको बजेट प्रस्ताव गरिनेछ।

यद्यपि, पछिल्लो समय चर्चामा रहेको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे उठेका आरोपका कारण विपक्षी दलहरूले संसद अवरुद्ध गरिरहेका छन्। उक्त अवरोध हट्ने निश्चित नभएको अवस्थामा बजेट भाषण अन्यौलमा परेको हो।

संबिधानको दफा ११९ अनुसार, संघीय संसदबाट बजेट प्रस्तुत हुन नसकेमा अध्यादेशमार्फत बजेट ल्याउनु सरकारको दायित्व बनेको छ। त्यसैले परिस्थिति जेसुकै भए पनि सरकारले आजै बजेट सार्वजनिक गर्ने निश्चित प्रायः देखिएको छ।

राजनीतिक असमझदारी र संसद अवरोधबीच सार्वजनिक हुन लागेको यो बजेटले आगामी आर्थिक वर्षको विकास मार्गचित्र कोर्न कति सक्नेछ भन्ने चासो व्यापक छ।

तपाईको प्रतिक्रिया