विष्णुप्रसाद देबकोटा
रंग,प्रेम,संगित,हास्यरस र मिष्ठान्नको संगमको रुपमा मनाइने फागु पूर्णिमा अर्थात होली पर्व पछिल्लो वर्ष हिमाली जिल्ला डोल्पामा पनि मनाइने गरिएको छ ।
सबैमा भ्रातृत्व र एकताको सन्देश प्रवाहा गर्ने भएकाले भौगोलिक सिमा नाघेर तराईमा मनाइदै आएको रंगहरुको पर्व होली पछिल्लो समय हिमाली जिल्ला डोल्पामा पनि धुमधामका साथ मनाइने गरेको पाइन्छ ।
जब डोल्पा सडक सन्जालमा जोडियो तब हिमाली जिल्ला डोल्पामा ब्यापार ब्यवसायको लागि पनि तराईमुलका बासिन्दाको उपस्थिती बाग्लीयो ।यो संगै होलीको रौनकतामा तात्तिदै रंगमा रंगिन थालेको होे डोल्पा ।
हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनै र त्रिपुराकोट बजारमा एका विहानै युवायुवतीहरु एकअर्कालाई खुशी पार्न र आत्मीयता साट्न पिचकारीले रंग तथा पानी छयापेर रमाइरहेको देखिन्थ्यो ।
होलीकै दिनमा साँझमा एकअर्कालाई टीका लगाएर अभिवादन सहित मिठाइ खुवाउने चलन बढ्दै गएको छ डोल्पामा ।
अन्य पर्वहरु झै होलीमा पनि ईश्वरप्रति कृतज्ञता,परिवारका सदस्यहरु भ भेला भएर खानपान,साथीहरुको जमघट ठट्टा र मनोरन्जन गरिन्छ ।
बिशेष पर्वको रुपमा डोल्पामा रंगको पर्व होली मनाइने गरेकोे श्रीबालात्रिपुरासुन्दरी भगवती मन्दिरका पुजारी देकिृष्ण उपाध्यायले बताए ।
शिशिर ऋतुको समाप्ती र बसन्त ऋतुको आरम्भमा मनाइने होली पुर्णरुपमा मनोरन्जनात्मक पर्व भएको अर्का टिकादत्त न्याैपानेले बताए।
यसै विच जिल्ला प्रशासन कार्यालयले सम्भावित मानवीय दुर्ना र सामाजिक सद्भाव खलबलिने किसिमका कुनैपनि क्रियाकलाप नगर्न समेत सुचना जारी गरेर सर्वसाधारणहरुमा आग्रहसमेत गरेकाे छ ।