ताजा समाचार

भूमि समस्या समाधान आयोग डाेल्पाका अध्यक्ष तुलाचन्द्र बुढाले गरे पदभार ग्रहण 

भूमि समस्या समाधान आयाेगकाे जिल्ला अध्यक्ष हुनु भएका तलाचन्द्र बुढाले साेमवार सरस्वती पुजाकाे अवसर पारेर अध्यक्ष पदकाे पदभार ग्रहण गर्नु भएकाे छ ।

पदभार ग्रहण गर्दै अध्यक्ष बुढाले डाेल्पामा भूमि समस्या समाधानआयाेगकाे ऐन कानून र नियमावलीले ब्यवस्था गरे बमाेजिम काम गर्ने बताउनु भयाे ।नेकपा एमाले र नेपाली कांग्रेसकाे गठबन्धन सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी ७७ जिल्लामा दुई दलिय भागबन्डाको आधारमा नयाँ आयोग गठन गरेकाे थियाे।

भूमि समस्या समाधान आयोग डाेल्पाका अध्यक्ष तुलाचन्द्र बुढाले माघ २ नियुक्ति पाएर माघ ३ गते सपथ ग्रहण गरे पनि जिल्लामा पुगे लगत्तै साेमवार पदभार ग्रहण गर्नु भएकाे हाे ।

भूमि समस्या समाधान आयोग डाेल्पाकाे अध्यक्ष सहित एक सदस्य नेकपा एमालेकाे भागमा परेकाे छ भने बिज्ञ सदस्य सहित एक सदस्य नेपाली कांग्रेसकाे भागमा परेकाे छ।

सदस्यहरुकाे नियुक्ति प्रक्रिया केही दिनपछि हुने जनाईएकाे छ।नवनियुत्त अध्यक्ष बुढाकाे पदभार ग्रहण कार्यक्रममा जिल्ला समन्वय समिति डोल्पाका अध्यक्ष श्याम बहादुर रोकाया समेत सहभागी  भई बधाई तथा कार्यकाल सफलताकाे शुभकामना दिनु भएकाे छ ।

बधाई दिने क्रममा  समन्वय प्रमुख रोकायाले भुमिहिनका लागि सत्यतथ्य विवरणकाे आधारमा रहेर पहिलाकाे समिति भन्दा  जनमुखि भएर उपलब्धी मुलक काम गर्नु हुनेमा अपेक्षा ब्यकत्त गरेकाे बताउनु भयाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!