ताजा समाचार

कृषि विकास कार्यालय दैलेखका प्रमुखकाे हृदयघातबाट कार्यालयमै निधन

दैलेख – कार्यालयको काम गर्दैगर्दा हृदयघात भएर दैलेखमा एक जना कार्यालय प्रमुखको मृत्यू भएको छ । कार्यालयको काम गरिरहेकै बेला हृदयघात भई कृषि विकास कार्यालय दैलेखका कृषि विकास अधिकृत ५६ वर्षीय राजु भूजको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी सुनिल दाहालले जानकारी दिनुभयो ।

आइतबार दिउँसो कार्यकक्षमा काम गरिरहेकै बेला असहज महसुस भयो गरी कार्यालय भवनमै रहेको निवासमा आफ्नै ओछ्यान ढलेको अवस्थामा मृत फेला परेको कार्यालयका कर्मचारीहरुले बताएका छन् । तत्कालै दैलेख जिल्ला अस्पतालमा पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

कपिलबस्तुकाे महाराजगन्ज नगरपालिका वडा नं. ४ बरईपुर स्थायी घर भएका भुजले कृषि विकास कार्यालय दैलेखमा जागिर जाेडिएपछि दैलेखमा दाेश्राे विवाह गरी दुल्लू नगरपालिका वडा नं. ७ किर्तिखम्बमा बस्तै आउनुभएको थियो । उहाँ जेठी श्रीमतीबाट एक छाेरी अनि कान्छी श्रीमतिबाट चार छोरी र एक छोरा छन् ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!