सासू बुहारी बीचकाे सम्बन्धलाई प्रगाढ बनाई शाैहार्दता कायम राख्ने प्रयास स्वरुप डाेल्पामा पहिलाे पटक सासू बुहारी बीच एक दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएकाे छ ।
त्रिपुरासुन्दरी नगर पालिकाकाे आयाेजना तथा सुस्वा कार्यक्रमकाे आर्थिक सहयाेग तथा सहजिकरणमा उक्त कार्यक्रम गरिएकाे हाे । कार्यक्रममा त्रिपुरासुन्दरी नगरपालिका भित्रका ११ वडाका एक सासू र एक बुहारी गरि २२ जना सासू बुहारिकाे सहभागिता रहेकाे थियाे । ।
सासू बुहारी अन्तरक्रिया कार्यक्रमको मुख्य उदेश्य हाम्रो गाउँघर समाज र छरछिमेकमा भईरहेको सासू बुहारी बिचको कलह , अन्तर द्वन्द लगायतका विभिन्न समस्याहरुकाे पहिचानका साथ साथै समाधान गरि सुमधुर सम्बन्ध स्थापित गर्नु रहेकाे सुस्वा कार्यक्रम संयोजक धनप्रसाद बुढाले जानकारी दिए ।
कार्यक्रममा सहभागी सासू बुहारीलाई सासु बुहारी बिचकाे सम्बन्धकाे महत्व मुल्यमान्यता र सुमुधुर सम्बन्धले समाजमा दिने राम्राे सन्देशका बारेमा त्रिपूरासुन्दरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जग्दिशचन्द्र नेपाली , नेपाल पत्रकार महासङ्ग डोल्पाका अध्यक्ष सरोज थापा र महिला प्रतिनिधिहरुले सहजीकरण गरेका थिए ।