पुर्ण सार्की/ डोल्पा न्युज ।डोल्पा। राष्ट्रिय खाेप कार्यक्रम एच पि भी खाेप अभियान २०८१ अन्तरगत स्वास्थ्य सेवा कार्यालय डाेल्पाकाे आयाेजनामा जिल्ला खाेप समन्वय समिति र संचार क्षेत्रकाे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ। शनिबार जिल्ला स्थित विभिन्न सराेकारवाला निकायका प्रतिनिधिहरु सहभागी अभिमुखीकरण कार्यक्रममा एच पि भि खाेपा कार्यक्रमकाे लक्ष्य , उद्वेश्य , प्रभाव लगाएतका विषयमा जानकारी गराईएकाे छ।
किशोरीहरुकाे पाठेघरकाे मुखकाे क्यान्सर हुन नदिन राष्ट्रिय खाेप कार्यक्रम अनुसार १५ बर्ष मुनिका किशोरीहरुलाई एच पी भी खाेप लगाउन लागिएको हाे। सरकारले गत माघ २२ देखि फागुन ६ गते सम्म एच पि भी खाेप अभियान संचालन गरेतापनि डाेल्पा लगाएतका हिमाली जिल्लामा समयानुकूल माैसम अनुसार यहीँ फागुन तेस्रो साता देखि खाेप अभियान सुरु गरिने भएकाे छ।
विभिन्न तथ्यांकअनुसार डाेल्पामा २ हजार ६ सय ४१ जना किशोरीहरुलाई एच पी भि खाेप लगाउने लक्ष भएतापनि सबै स्वास्थ्य शाखा बाट तथ्यांक संकलन गरेपछि केही डाटा हेरफेर हुन सक्ने स्वस्थ्य सेवा कार्यालय डाेल्पाका स्वास्थ व्यवस्थापक डाक्टर सिजन रावलले बताए । डाेल्पाका ५ वटा स्थानीय तहका स्वस्थ्यकर्मीहरुलाई तालिम दिई सकेकाे र अब ३ स्थानीय तहकालाई एच पि भि खाेप सम्बन्धि तालिम दिएर खाेप अभियान संचालन गरिने डाक्टर रावलले बताए ।
याे अभियानमा कक्षा ६ देखि १० सम्मका किशोरीहरु र विधालय नजाने १० देखि १४ बर्ष सम्मका किशोरीहरुलाई एच पि भि खाेप लगाईने भएकाे छ। ह्युमन प्यापिलाेमा भाइरसकाे कारण किशाेरीहरुकाे पाठेघरकाे मुखकाे क्यान्सर हुने भएकाे हुदा एच पी भी खाेप लगाउन लागिएको हाे। पहिले ६/६ महिनामा गरेर दुई डाेज लगाउनु पर्थ्याे हाल एकै डाेज लगाउनु पर्ने छ।
डाेल्पाका सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवालीले एच पी भी खाेप अभियान सफल पार्न सबैलाई निकायलाई आग्रह गरेका छन। डाेल्पा भुगाेलमा समस्या भएतापनि बरु ताेकेकाे समय भन्दा ढिला हाेला तर खाेप सबै बालिकाहरुले पाउनु पर्ने ज्ञवालीले धारणा राखेका छन।
एच पी भी खाेप अभियान सफल बनाउन जिल्ला स्थित सबै निकायकाे भूमिका उत्तिकै महत्त्व रहेकाे जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख तथा जिल्ला खाेप समन्वय समिति डाेल्पाका अध्यक्ष श्याम बहादुर राेकायाले बताए । भाैगाेलिक हिसाबले डाेल्पा ठुलाे र बिकट भएकाे हुदा यस्ता खाले खाेप अभियान संचालन गर्दा सरकारले खाेप ढुवानीमा प्राविधिक कुरामा ध्यान दिनुपर्ने जिसस प्रमुख राेकायाले बताए । राेकायाले भने” डाेल्पा भाैगाेलिक बिकट्ता छ । खाेप एक ठाउँ देखि अर्काे ठाउँ लिन धेरै दिन लाग्छ। यस्तै परेकाे खण्डमा राज्यले हेलिकप्टरबाट खाेप ढुवानी गर्ने व्यवस्था मिलाउनुपर्छ ।
नेपालमै तथ्यांकअनुसार ८८ प्रतिशत महिलामा पाठेघरकाे मुखकाे क्यान्सर हुने गर्दछ। दुई लाख महिलामा संक्रमन हुने र प्रत्येक बर्ष १३ सय १३ र प्रत्येक दिन ४ जना महिला पाठेघरकाे मुखकाे क्यान्सरको कारण मृत्युु हुने गर्दछ।