ताजा समाचार

हाहाकार हुनेगरि कसले काट्याे  ? डाेल्पा अस्पताल  आउने खानेपानीकाे पाइपलाइन

विष्णुप्रसाद देवकोटा

डाेल्पा,पुस ७ गते ।जिल्ला अस्पताल जस्ताे संवेदनशील क्षेत्रमा आउने खानेपानीको पाइपलाइन अज्ञात ब्यक्तिहरुले काट्न थालेपछि समस्या सृजना भएकाे छ ।

ठुलीभेरी नगरपालिका -४ तिप्ला खाेलाबाट पाइप मार्फत सिधै जिल्ला अस्पताल ल्याएकाे  खानेपानीकाे पाइपहरु विभिन्न स्थानमा काट्न थालेपछि यत्तिखेर अस्पतालका कर्मचारीहरुले हैरानी खेप्नु परेकाे छ ।

यसाे त अस्पतालमा नियमित र भरपर्दाे स्वच्छ खानेपानी नहुंदा विगत लामाे समयदेखि अनेकन समस्यामा अस्पताल गिजाेलिदै आएकाे छ ।अस्पताल जस्ताे संवेदनशील क्षेत्रमा दुई चार दिनदेखि खानेपानी नआउदा सम्म र खवर गर्दा सम्म पनि सम्बन्धित निकायले सुनुवाइ नगरेपछि जथाभावी काटेर लथालिङ्ग पारेका पाइपलाइन अस्पतालका कर्मचारीहर आफैले   बनाएर कामचलाउ बनाएकाे अस्पतालले जनाएकाे छ ।

अस्पताल कर्मचारीले ठाउँ ठाउँ काटिएको पाइप बनाएर काम चलाउ गरेतापनि याे दिर्घकालिन समस्याकाे रुपमा देखिएकाे छ ।

सबैको साझा सम्पति त्यसैमा अस्पताल जस्ताे संवेदनशिल क्षेत्रमा प्रयाेग गरिने खानेपानीका पाइप काट्ने क्रियाकलाप बन्द गरिदिन जिल्ला अस्पताल दुनैले  सामाजिक सन्जाल मार्फत आग्रह गरिएकाे चिकित्सा शाखा प्रमुख अखण्ड उपाध्यायले बताउनु भएकाे छ ।उहाँले भन्नू भयाे”यसरि अस्पतालको पानिको पाईप काट्नु अपराध हो ।

बारम्बार अस्पतालको कर्मचारिहरु गएर कहिले सम्म बनाउने, आखिर यो पानि अस्पताल सम्म सहजै आयो भने अस्पतालमा सहज सेवाग्राही लाई नै हुने हो, तसर्थ यस्तो अपराध गर्ने जो कोहि भएपनि कृपया सच्चिनु होला” ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!