ताजा समाचार

कर्णाली प्रतिष्ठानकाे दीक्षान्त समारोह ५८ जना विद्यार्थी दीक्षित

डाेल्पान्युज डेक्स

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ जना विद्यार्थी प्रधानमन्त्री केपी शर्मा ओलीबाट दिक्षित भएका छन् । स्थापनाकाे डेढ दशकपछि आयाेजना भएकाे प्रथम दिक्षान्त समाराेह बाट प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीबाट ५८ जना विद्यार्थी दिक्षित भएका हुन् ।

जसमा  स्नातकतर्फ बिपीएचमा ३८, एमबिबिएस १३ र स्नातकोत्तरतर्फ एमडिजीपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी ५८ विद्यार्थी दीक्षित भएकाे प्रतिष्ठानका रेक्टर डाक्टर डबल धामीले बताउनु भयाे ।

उहाका अनुसार पाँच जना विद्यार्थीलेले संवरण पदक पाएका छन् ।  कुलपति स्वर्ण पदक (बीएमएस, बिपिएच) कार्यक्रम अन्तर्गत समष्टिमा उच्चतम अंक ल्याउने विद्यार्थीलाई प्रदान संवरण पदक वितरण गरिएकाे हाे ।

जसमा  रेणु कुमारी सिंह, बि.एम.एस. २०१९, सिर्जना न्यौपाने, बि.एम.एस. २०२०, दिपेन्द्र जोशी, बि.पी.एच. २०१९,सुशील शाही, बि.पी.एच. २०२० व्याच र  बेद कुमार चौधरी, एम.डी./एम.एस. २०२१ ब्याचले संवरण पदक पाएका हुन् ।

संवरण पदक पाउने ५ जना संगै स्नातकतर्फ बिपीएचमा ३८, एमबिबिएस १३ र स्नातकोत्तरतर्फ एमडिजीपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी ५८ विद्यार्थी  दिक्षित भएकाे प्रतिष्ठानका रेक्टर डबल धामीले जानकारी दिनुभयाे ।

दिक्षित भएका सबैलाई प्रधानमन्त्री केपी शर्मा ओेलीले प्रतिज्ञा समेत गराएका छन् । दिक्षित भएका विद्यार्थीलाई प्रधानमन्त्री,स्वास्थ्यमन्त्री,प्रतिष्ठानका कुलपतिले शुभकामना दिएकाछन्

तपाइको प्रतिक्रिया

error: Content is protected !!