ताजा समाचार

जिल्ला समन्वय प्रमुख राेकाया नेतृत्वकाे प्रतिनिधि मण्डलले भेट्याे उपसभामुख रानामगर

जिल्ला समन्वय प्रमुख श्यामबहादुर राेकाया नेतृत्वकाे प्रतिनिधि मण्डलले प्रतिनिधि सभा उपसभामुख इन्दिरा राना मगरसंग बुधबार   भेटवार्ता गरेकाे छ ।

डाेल्पाकाे त्रिपुराकोट–दुनै सडकका विषयमा उपसभामुख राइको सनसनीपूर्ण दावीले सृजित तरंग पछि बास्तविकता बुझ्न समन्वय प्रमुख राेकाया नेतृत्वकाे प्रतिनिधि मण्डलले उपसभामुख रानामगरलाई भेटेकाे हाे ।

एक टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा त्रिपुरासुन्दरी नगरपालिका केन्द्र त्रिपुराकोटदेखि सदरमुकाम दुनै बजारसम्मको सडक पिचकै काम नगरी करोडौं रुपैयाँ बजेट निकासा भइसकेको दाबी उपसभामुख रानामगरले गर्नु भएको थियाे ।उपसभामुख रानामगरबाट सार्वजनिक भएको यो दाबीपछि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आउने क्रम जारी छ ।।

कतिपयले उपसभामुखको भनाइ सस्तो लोकप्रियताको लागि गरिएको सनसनीपूर्ण टिप्पणी भएको बताइरहेका छन् ।कतिपयले यसलाई गम्भीर भ्रष्टाचारसँग जोडेर सत्यतथ्य सार्वजनिककाे  गर्नु पर्ने माग उठिरहेका बेला डाेल्पाकाे प्रतिनिधि मण्डलले  सडक पिचकाे कामैनगरी रकम निकासा भएकाे  हाे हाेइन भन्ने बास्तविकता बुझ्न उपसभामुख रानामगरलाई भेट गरेकाे बताइएको छ ।

समन्वय प्रमुख श्यामबहादुर राेकाया ठुलिभेरीनगरका नगरप्रमुख सुवर्ण बुढा वडा अध्यक्ष मनराम ठकुल्ला सहितकाे प्रतिनिधि मण्डलले उपसभामुख रानामगरलाई भेटेकाे हाे ।

भेटमा उपसभामुख रानामगरले डोल्पामा काठमाडौदेखि दुरबिनले हेर्दा पिच भएको देखिन्छ तर वास्तविक रुपमा पिच नभकाेभन्नू भएको विषयक मा छलफल गर्दा उहाले धेरै बर्ष अगाडि म आफू डोल्पा पुग्दा जनताहरले भन्नुभएको तर डकुमेन्ट केहिनभकाे रभरपर्दाे आधार समेत  नभएको बताउनु भएकाे प्रतिनिधि मण्डलमा सहभागि ठुलिभेरीनगर प्रमुख सुवर्ण बुढाले जानकारी दिनु भयाे ।

सडक अहिलेसम्म कालोपत्रे पनि नभएको अवस्थामा “पिच भइसकेको देखाएर” बजेट भुक्तानी गरिएको भन्ने उपसभामुखको दाबीको के प्रमाण छ ?भन्ने प्रश्नले सर्वत्र चासो बढाएको अवस्थामा जिल्ला समन्वय प्रमुख सहितकाे भेटवार्तालाई चासाेकाे रुपमा हेरिएको छ ।उपसभामुखजस्तो जिम्मेवार पदमा बसेकी व्यक्तिबाट आएका यस्ता अभिव्यक्तिले देशको शासकीय पारदर्शितामाथि गम्भीर प्रश्न उठाईरहेकाे बेला उपसभामुख रानामगरले प्रतिनिधि मण्डलसंग दिएकाे प्रतिक्रियाले के कति डाेल्पालीकाे जिज्ञासालाई मेट्न सक्छ त्याे हेर्न बांकी नै छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!