ताजा समाचार

हिमपातले उपल्लाे डाेल्पाका किसानलाई बाली भित्रयाउन सकस

विष्णुप्रसाद देवकोटा

उपल्लो डाेल्पाका तीन वटा गाउँपालिकामा कात्तिककाे पहिलाे सातामै हिमपात भएकाे छ ।

हिमपात भएपछि खेतवारीमा पाकेकाे अन्नवाी भित्रयाउन किसानलाई सकस भएकाे छ ।

हिउँदे माैसम शुरु भएसंगै याे वर्षकाे पहिलाे हिमपात भएपछि  माथिल्लो डाेल्पाका शे- फाेक्सुण्डाे , डाेल्पाेबुद्व  र छार्काताङसाेङ गाउँपालिकाका किसानलाई पाकेकाे बाली भित्रयाउन सकस भएकाे हाे ।

डाेल्पाका स्थानीय बुढापाकाका अनुसार कात्तिकमा पानी सहित हिउँ पर्नुलाई शुभ मानिदैन ।त्रिपुरासुन्दरी नगरपालिका -१का बयाेबृद रविप्रसाद न्याैपाने कात्तिकमा आकासबाट चुहिएकाे पानिमा ओझन नहुने र पानी र हिमपात चाहिने समय मानिएकाे पुस माघमा हिमपात नहुने बताउनु हुन्छ ।

उहाँ भन्नू हुन्छ” सबैभन्दा उत्तम  मंसिर देखि माघकाे पहिलाे साता सम्ममा परेकाे हिमपात बाली लगायत जडिबुटी उत्पादनकाे लागि शुभ हुन्छ ।”

कात्तिकमा पर्यटकीय नगरि शे फाेक्सुण्डाे गाउँपालिका-८ मा रहेकाे फाेक्सुण्डाे ताल आसपास संगैका हिमालहरुमा हिउँ परेपछि फाेक्सुण्डाे ताल घुम्न पुगेका पर्यटकहरुले भने प्राकृति सुन्दरताकाे दृश्यअवलाेकनमा आनन्द लिने अवसर पाएकाे वडाअध्यक्ष निमा लामाले बताउनु भयाे ।

हिमपातले उपल्लाे डाेल्पामा रहेका पर्यटकीय सम्पदाहरुलाई थप सुन्दरता थपिदिएकाे छ ।

उपल्लाे डाेल्पाका स्थानीय नेवाङ गुरुङले हिमपातले बानाली भित्रयाउने देखि कुटनीपिसनीमा समेत कठिनाई थपेकाे बताउनु भयाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!