ताजा समाचार

टेलिकमकाे निमित्त प्रवन्ध निर्देशकमा संगीता पहाडी


काठमाडौ  ,असाेज १९ गते ।

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट पहाडीलाई अर्को व्यवस्था नभए सम्मका लागि निमित्त प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्त भई २०५१ फाल्गुण १० गते स्थायी नियुक्त पहाडी कम्पनीको नायव प्रबन्ध निर्देशकका रूपमा काम गर्दै आएकी थिइन् । उनी २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन् ।कम्पनीका प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्ट्राचार मुद्दामा निलम्बित भएसँगै रिक्त भएको थियो । त्यसो त प्रबन्ध निर्देशककालागि समेत पहाडी प्रतिस्पर्धामा थिइन् ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!