लेख बुढा,
डोल्पा । जिल्ला प्रहरी कार्यालय डोल्पाले आत्महत्या न्यनीकरण तथा व्यवस्थापन अभियान समिति गठन गरेको छ । प्रमुख जिल्ला अधिकारी समितिको सल्लाहाकार र जिल्ला प्रहरी कार्यालय प्रमुख संयोजकत्वमा विभिन्न क्षेत्रका प्रतिनिधिको प्रतिनिधित्व रहने गरि आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियान समिति गठन गरिएको हो ।
आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियान समिति डोल्पाको सल्लाहाकारमा प्रमुख जिल्ला अधिकारी, संयोजकमा जिल्ला प्रहरी कार्यालय प्रमुख, सहसंयोजकमा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख, सदस्यहरुमा जिल्ला मानेचिकित्सक, जिल्ला आयूर्वेद स्वस्थ्य केन्द्र प्रमुख, जिल्ला शिक्षा इकाई प्रमुख, सदरमुकाम स्थित स्थानीय प्रतिनिधि, नेपाल रेडक्रस सोसाईटीका प्रतिनिधि, नेपाल स्काउटका प्रतिनिधि, उधोग वाणिज्य संघका प्रतिनिधि, चेम्बर अफ कर्मशका प्रतिनिधि, होटल व्यवसायीका प्रतिनिधि, पत्रकार महासंघका प्रतिनिधि, गैससका प्रतिनिधि, मानेचिकित्सक तथा परामर्श केन्द्रका प्रतिनिधि, यूवा क्लबका प्रतिनिधि, लागु औषध दव्र्यसनी पुन स्थापना केन्द्रका संचालक र जिल्ला प्रहरी कार्यालयका सिनियर अधिकृत सदस्य सचिव रहने गरि डोल्पा जिल्ला आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियान समिति गठन गरिएको छ ।
आ.व. २०८१/८२ को श्रावण १ गते लागु हुने गरि आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी कार्ययोजना – २०८१ अनुसार जिल्ला समिति गठन गरिएको हो । यो समितिले जिल्लामा आत्महत्या न्यूनीकरण तथा व्यवस्थापनका लागि आवश्यक तथ्यांक संकलन, विष्लेशन तथा सहायता प्रदान गर्नेछ । यस्तै आत्महत्याको जोखिममा रहेका नागरिक तथा आमनागरिकहरुलाई लक्षित गरि सचेतना कार्यक्रम संचालन गर्नेछ ।
जिल्ला स्तरीय आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियान समिति गठन गरेर समितिका प्रतिनिधिहरुलाई कार्ययोजनामा समावेश गरिएका विषय वस्तुबारे जानकारी दिईएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।