हिमाली जिल्ला डाेल्पामा ब्याडमिन्टन पारखीहरुकाे भेलाले पहिलाे पटक जिल्ला ब्याडमिन्टन संघ गठन गरेकाे छ ।
नवगठित संघकाे अध्यक्षमा ब्याडमिन्टन खेलाडी तथा संचारकर्मी समेत रहनु भएका टेक शाहीलाई पहिले भेलाले चयन गरेकाे छ ।यसैगरी उपाध्यक्षमा सराेज थापा जुनु हिराचन काेषाध्यक्षमा दिलु केसि सचिवमा हरिलाल बुढालाई चयन गरेकाे छ ।
सदस्यहरुमा गणेश भुजेल पदम शाही डिल्ली शाही र नवीन शाही रहनु भएकाे छ ।पदाधिकारी र सदस्य समेत गरेर नाै सदस्यीय कार्य समिति गठन भएकाे अध्यक्ष टेक शाहीले जानकारी दिनु भयाे ।
पछिल्लो समय डाेल्पामा पनि ब्याडमिन्टन खेल प्रति खेलप्रेमीहरुकाे आकर्षण बढिरहेकाे अवस्थामा नवगठित जिल्ला संघले ब्याडमिन्टन खेलकाे संस्थागत विकास र खेलाडि उत्पादनमा ध्यान दिने अध्यक्ष शाहीले बताउनु भयाे ।