डाेल्पान्यूज डेक्स
काठमाडौं ।नेकपा एमाले डाेल्पाका अध्यक्ष लंक राेकाया नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलिसंग भेट गरेकाे छ ।
एक साता अघि मात्र डाेल्पाकाे निर्माणाधीन १०६ मेगावाटको अर्धजलासय जगदुल्ला हाइड्रोपावर कम्पनीमा देखिएकाे समस्या समाधान गरि निर्माण कार्य सुनिश्चित गर्न भेरिकरिडाेर अन्तर्गतको जाजरकोट डाेल्पा सडककाे स्तरउन्नती देखि दुनै ल्यासीक्याप हुँदै धाे माेरिम सडक निर्माणमा भइरहेकाे ढिलासुस्तीका बारेमा प्रधानमन्त्री ओलिकाे ध्यानाकर्षण गराएकाे हाे ।
यसैगरी जिल्लाकाे पाटी संगठन लगायत संरचनागत अवस्थाकाे बारेमा समेत ध्यानाकर्षण पत्र मार्फत जानकारी गराएकाे नेकपा एमाले डाेल्पा अध्यक्ष राेकायाले डाेल्पान्यूजलाई बताउनु भयाे ।
भेटकाे क्रममा डाेल्पा त्रिपुरासुन्दरी नगरपालिकाका मेयर जनचन्द्र राेकाया समेतले नगरकाे विकास निर्माणका बारेमा अहिले भइरहेकाे प्रगति तथा आवश्यक याेजनाहरुकाे लागि यथाेचित बजेट ब्यवस्थापन गर्न समेत माग गर्नु भएकाे छ ।
नेकपा एमाले जिल्ला अध्यक्ष लंक राेकाया कर्णाली प्रदेश सरकारका पूर्व पर्यटन मन्त्री नन्दसि बुढा त्रिपुरासुन्दरी नगरका मेयर जनचन्द्र राेकाया प्रेस चाैतारी डाेल्पा अध्यक्ष प्रेम थापा लगायत कार्यकर्ता सहितले प्रधानमन्त्री ओलिसंग भेट गरेर जिल्लाकाे समसामयिक विषयमा ध्यानाकर्षण पत्र मार्फत ध्यानाकर्षण गरिएकाे सहभागी प्रेस चाैतारी डाेल्पाका टेक शाहीले जानकारी गराउनु भयाे ।