ताजा समाचार

उपल्लो डाेल्पाकाे कलङ गाउँमा ऊर्जा किरण: ३१ घरधुरीमा सौर्य उज्यालो

विष्णुप्रसाद देवकोटा

डोल्पो बुद्ध गाउँपालिका–२ स्थित कलङ गाउँका ३१ घरपरिवारले अब अँध्यारोमा जीवन बिताउनु पर्ने छैन। ऊर्जा पहुँचबाट लामो समयसम्म वञ्चित रहँदै आएका ती घरधुरीलाई Kadoorie Agricultural Aid Association को सहयोगमा २० वाट क्षमताका पोर्टेबल सौर्य ब्याट्री र प्यानल पाता वितरण गरिएको छ।

सौर्य सेट वितरणसँगै गाउँलेको अनुहारमा उज्यालो देखिएको छ। गाउँपालिकाका अनुसार यो पहलले दुर्गम बस्तीमा ऊर्जा पहुँच सुनिश्चित गर्दै बालबालिका, वृद्धवृद्धा र समग्र समुदायको जीवनस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

स्थानीय बासिन्दाहरूले सौर्य उज्यालो पाउँदा दैनिक जीवन सहज बनेको भन्दै खुशी व्यक्त गरेका छन्। गाउँपालिका र सहयाेगदाता संस्थाप्रति आभार व्यक्त गर्दै, उनीहरूले यस्तो कार्यक्रम अन्य वडाहरूमा पनि विस्तार गर्न माग गरेका छन्।

तपाईको प्रतिक्रिया