ताजा समाचार

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल डोल्पाको अध्यक्षमा ऐन बोहोरा

टेक शाही

डाेल्पान्यूज पुस १३ गते ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल डोल्पाको अध्यक्षमा ऐन बोहोरा निर्वाचित भएका छन । नेकपा (एमाले) निकट स्वास्थ्यकर्मिहरुको भातृस‌गठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल डोल्पाको दोस्रो जिल्ला अधिवेशनबाट ऐन बहादुर बोहोरा अध्यक्षमा सर्वसम्म निर्वाचित भएका हुन । “सामाजिक न्याय र पेशागत मर्यादाको लागि स्वास्थ्यकर्मीकाे एकता: आम नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता ” भन्ने मुल नाराकासाथ राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल डाेल्पाकाे दाेस्राे अधिवेशन सम्पन्न गरेको हो।

पुस ११ गते डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकामा भएको  राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल डोल्पाको दोस्रो जिल्ला अधिवेशनले बोहोरा स‌गठनको जिल्ला अध्यक्ष सर्वसम्मत भएको नेकपा एमाले डोल्पा जिल्ला ईन्चार्ज बदमीक्वारा बोहोराले जानकारी दिईन । केन्द्रीय सदस्य तथा डोल्पा जिल्ला ईन्चार्ज बोहोराका अनुसार  स्वास्थ्यकर्मी महासंघ प्रदेश कमिटीका अध्यक्ष  अमरबहादुर राणाको बिशेष उपस्थितिमा डोल्पा जिल्लामा स‌गठनको दोस्रो जिल्ला अधिवेशन भएको थियो । अधिवेशनले ११ सदस्यिय जिल्ला कमिटी गठन गरेको हो ।

अध्यक्षमा ऐन बहादुर बोहोरा  टिकालक्ष्मी बुढाथोकि महिला उपाध्यक्ष  नगेन्द्र कुमार बोहोरा सचिव सहित ११ सदस्यिय जिल्ला कमिटी गठन गरेको हो । अधिवेशनमा  स्वास्थ्यकर्मी महासंघ नेपाल डोल्पा केन्द्रीय सदस्य  सम्झना महतरा बुढाथोकी लगायतको  उपस्थिति रहेको थियो भने उपस्थित सबै अतिथिहरूले शुभकामना प्रदान गरेका थिए । नेकपा (एमाले) डोल्पाले पार्टिका स‌गठनका अधिवेशन देखी अन्य कार्यक्रमहरु नियमित रुपमा गरि रहेको छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!